बेल्जियममा पनि मनाए नेपालीले जन्माष्टमी पर्व

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७१, सोमबार १६:३३

बेल्जियम  । हिन्दु धर्मावलम्बी हरुको महान पर्वको रुपमा रहेको श्रीकृष्ण जन्माष्टमी को अवसरमा बेल्जियममा रहेका नेपाली हरुले पनि गत आईतबारका दिन बेल्जियमको दुर्वेमा अवस्थित राधादेश राधा कृष्ण मन्दिरमा बिशेष आजापूजा गरि मनाएका छन् ।10552537_597993086979736_8943037717142754323_n
बेल्जियममा बसोबास गर्दै आएका नेपालीहरुले बिगत केहि बर्ष देखि दुर्वेमा अवस्थित राधादेश(कृष्ण मन्दिरमा जन्माष्टमी पर्व मनाउने गरेका छन् । बेल्जियम को लुभेन, आन्त्रोपेन ब्रसेल्स तथा अन्य क्षेत्रमा बसोबास गर्ने नेपालीहरु दर्शनार्थ का निमित्त उपस्थिति रहेको उक्त मन्दिरमा केहि बर्ष पहिले देखि नै नेदरल्यान्ड, जर्मन, ईन्गल्यांड, जर्मनी, फ्रान्स, मोरिसस, नेपाल, भारत, बंगलादेशका ठुलो संख्यामा हिन्दु धर्मावलम्बी हरुको समेत बिशेष उपस्थिति हुने गरेको छ । ज्यादै नै प्राकृतिक मनोरम स्थानमा रहेको उक्त राधाकृष्ण मन्दिरमा दर्शनार्थीहरु ले पूजाआजा सहित कृष्ण चरित्र बारे ज्ञान, दर्शन, भजन, प्रवचन कार्यक्रममा सहभागी भैई कृष्ण सन्देशको को लागी बनाईएको विभिन्न कलात्मक आकृति तथा भागवत गीताको संदेश मुलक तस्बिरमा अंकित दृश्यहरुको अवलोकन गरेका थिए । अन्य बिशेष दिनहरुमा समेत बिभिन्न देश बाट आएका भक्तजन हरुले मन्दिरको दर्शन गरि प्रभुपदा को बारेमा बिशेष ज्ञान लिई कलात्मक शैलीबाट बनाईएको म्यूजियम को समेत जानकारी लिने गरेका बताईएको थियो । यस बर्ष पनि पाच हजार भक्तजन हरुको उपस्थिति रहेको जनाईएको छ ।
बेल्जियममा बिगत केहि समय देखि नेपालीहरुको बसोबास बढ्दै गएको छ । बसाई संगै प्रवासमा रहदै गर्दा आफ्नो धर्म सस्कृतिको पनि उत्तिकै महत्व हुने गर्दछ । यस्ता विभिन्न खाले धार्मिक उत्सवहरुमा आफ्नो नेपालीपनको मन्दिरको साथै नेपाली साँस्कृतिक कला झल्कने एक साँस्कृतिक भवन को समेत खाचो टड्कारो रुपमा पर्दै आएको पाईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१