उडिरहेको विमानमा रक्सि नपाएपछि पेसिन्जरले कुटपिट गरेपछि उडान हंगामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७५, बिहीबार ०५:४४

मियामी । अमेरिकामा एक यात्रुले आफूले रक्सी नपाएको भन्दै उडानकै समयमा मज्जाले हंगामा मच्चाएका छन् । यात्रुले विमान कर्मचारीसँग रकस मागेका थिए । तर कर्मचारीले उनको यो आग्रहलाई मानेनन् । कर्मचारीको यो व्यवहारप्रति उनी कर्मचारीसँगनै क्रुद्ध भए । उनले नजिकै बसेका अर्का यात्रुले शान्त भएर बस्नका लागि आग्रह गरेकोमा उनलाईनै कुटपिट गर्न थालेक थिए । विमानका अर्का एक यात्रुले यो घटनाको भिडियो बनाएर युट्यूबमा पोष्ट गरेका थिए ।

यो घटना मियामी जादै गरेको अमेरिकन एयरलायन्सको फ्लाइट १२९३ मा भएको थियो । घटना घटाउने यात्रु जेसन फेलिक्स हुन् ।जेसनले उडान कर्मचारीसँग बियरको माग गरेका थिए । यसलाई कर्मचारीले अस्वीकार गरेका थिए ।

कर्मचारीले मियामी आउन १ घन्टाको समयमा मात्रै बाँकि रहेको भन्दै दुःखी नहुनका लागि समेत आग्रह गरेका थिए । उनले भने,“तपाईले यो भन्दा पहिलेनै दुई बोतल बियर लिइसक्नु भएको छ ।”

यसो भन्दा पनि जेसनले कर्मचारीसँग बियर मागेका थिए । उनले अस्वीकार गरेपछि कर्मचारीलाई जेसनले भने,“तिमी मेरो बार सहयोगी हौ ।” कर्मचारीले पनि आफू उनको सहयोगी भएको र थप रक्सी दिन नसक्ने जवाफ फर्काएका थिए ।

उनी विमानमै सिटबाट उभिएर हंगामा गर्न थाले । बाँकि यात्रुले उनलाई शान्त हुनका लागि आग्रह गरेका थिए । तर उनी शान्त भएनन् ।जेसनले कर्मचारीको समर्थन गर्ने यात्रुमाथि पनि हात उठाएका थिए । यसपछि उनीहरु दुईबीच पनि झगडा भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१