बिबाह बन्धनमा बाधिदै रणवीर दीपिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७५, बुधबार १०:२९

एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकाेण तथा अभिनेता रणवीर सिंहबीच १९ नाेभेम्बरमा बिहेकाे मिती तय भएकाे छ। ५ वर्षदेखि मिडियासँग लुकी छिपी प्रेम गर्दै आएका रनवीर सिंह र दीपिका पादुकोन अन्ततः विवाह बन्धनमा बाँधिने भएका हुन्। उनीहरूकाे विवाह मुम्बर्इमा हुने भारतीय दैनिक पत्रिका भाष्करले उल्लेख गरेकाे छ। दीपिकाकाे परिवारले ज्योतिषीलाई हेराएपछि बिहेकाे मिति तय भएकाे हाे । दीपिकाकै परिवारले तय गरेकाे मितिमा बिहे गर्न रणवीरकाे परिवार पनि सहमत भएको हाे । उनीहरूकाे बिहे दक्षिण भारतीय संस्कार अनुसार हुने भएकाले विवाहमा रणवीरले पारम्परिक मुन्डु पोसाक लगाउनेछन्। पछिल्लो समय यो जोडीको बिहेको खबरले निकै चर्चा पाएको छ ।
बलिउडको सबैभन्दा हट जोडीमध्ये एक रणवीर सिंह र दीपिका पादुकोणको केहि तस्विरहरु सामाजिक संजालमा भाईरल भईरहेका छन् । उक्त तस्विरहरुमा उनीहरु बिवाहको गेटअपमा देखिएका छन् । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह बलिउडका बेष्ट जोडी मध्यका एक हुन् । यो जोडी अब बिबाह बन्धनमा बाँधिने छन् 

तर, भर्खरै रणवीर र दीपिकाको जोडीलाई लिएर निर्माता तथा निर्देशक करण जोहरले ‘ब्रेकअप’को आशंका व्यक्त गरेका छन् । जोहरले यो जोडीको लङ डिस्टान्स रिलेसनसिपका कारण ब्रेकअप हुन सक्ने सम्भावना रहेको बताएका हुन् । उनले रेडियो सो ‘रिभर्स -यापिड फायर’मा यो कुराको खुलासा गरेका हुन् । कुन बलिउड सेलेब्रिटीको लङ डिस्टान्स सम्बन्धको कारण ब्रेकअप हुन सक्छ भन्ने एक कलरले सोधेको जिज्ञासामा उनले भने, ‘मलाई रणवीर सिंह र दीपिका पादुकोणको सम्बन्धलाई हेर्दा त्यस्तो लाग्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१