पर्यटन व्यवसायिहरुद्वारा धुर्मस सुन्तली फाउण्डेसनलाई ८ लाख सहयोग हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७५, बुधबार ०५:५३

काठमाडौं । एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर पर्यटन व्यवसायिहरुको तर्फवाट धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । ४२ जना पर्यटन व्यवसायिहरुवाट संकलित रु आठ लाख पन्ध्र हजार दुई सय तीस धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई  हस्तान्तरण गरिएको  नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले जनाएका छन्  ।   राजन सिंखडा, टानका पूर्व कोषाध्यक्ष लिलावल्दव दाहाल, लगायतका अन्य व्यवसायिहरुको पनि उपस्थिति रहेको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले समाजका लागी केहि गरौं भन्ने पवित्र उद्देश्यका साथ गाउँ–गाउँ वाट आउने गरिव जनताले उपचार गर्ने वीर अस्पतालको वातावरण सुधारका लागी ईच्छुक पर्यटक व्यवसायिहरुवाट सहयोग संकलन गरि सो रकम हस्तान्तरण गरिएको वताए ।

सहयोग रकम बुझ्दै कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) ले वीर हस्पिटलको एउटा छुट्टै महत्व रहेकोले त्यसलाई जीवन्त राख्न आँफुहरुले वीर हस्पिटल सरसफाई अभियान चलाएको वताए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१