गाडी र मोटरसाइकलमा बढ्यो कर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७५, बुधबार ०५:२८

काठमाडौं । कारले निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको छ । अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । सरकारले १५० सीसीभन्दा बढीका मोटरसाइकलमा पनि अन्तःशूल्क बढाएको छ ।

सरकारले आयात नियन्त्रणको लागि विभिन्न नयाँ नीतिगत तथा करको संरचनागत परिवर्तन गर्ने संकेत यसअघि नै गरिसकेको थियो । अर्थमन्त्री डा। युवराज खतिवडाले पटक(पटक अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गर्ने योजना सरकारले ल्याउने बताउँदै आएका थिए ।

उनले सिसी, सिलिण्डर, क्षमता, ध्वनी उत्सर्जन, प्रदुषणलाई आधार बनाएर सरकारले अर्थशास्त्रीय दृष्टिकोणले अटोमोबाइल क्षेत्रलाई हेर्ने बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१