टोखा–छहरे सहित ७ ठाँउमा सुरूङमार्ग बनाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०७५, बुधबार ०५:२२

काठमाडौं । आगामी आर्थिक वर्षमा पृथ्वी राजमार्गको नौविसे-नागढुङ्गा खण्डमा सुरुङमार्ग निर्माण कार्य सुरू गरिने भएको छ।

संघीय संसदमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री युवराज खतिवडाले योबाहेक अन्य ६ ठाँउमा सर्वेक्षण गरी सुरूङमार्ग निर्माण सुरू गरिने बताएका हुन्।

टोखा–छहरे–गुर्जुभञ्ज्याङ, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्ड, अरनिको राजमार्गको कोटेश्वर– जडिबुटी खण्ड, विपी लोकमार्गको खुर्कोट–चियाबारी, विपीनगर–खटिया–दिपायल खण्ड र गणेशमान सिंह मार्गको थानकोट– चित्लाङ खण्डमा सर्वेक्षण गरी सुरुङमार्ग निमार्ण प्रारम्भ गरिने भएको हो।

‍मन्त्री खतिवडाले जटिल प्रकारको सुरूङ निमार्णको लागि उच्च प्रविधिको सुरूङ खन्ने मेसिन, भारी निमार्ण उपकरण एवम् पुर्वाधार निमार्णमा प्रयोग हुने अन्य उपकरण सम्बन्धी सेवा उपलब्ध गराउन र ठूलो आयोजनाको सम्भाव्यतता अध्ययन, विस्तृत डिजाइन एवम् निमार्णसमेत काम गर्न निजी क्षेत्रको संग्लग्नतामा पुर्वाधार निमार्ण तथा परामर्स कम्पनी स्थापना गरिने बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१