काठमाडौं । सरकारले किसानले लिएको सबै ऋण मिनाहा गर्ने सरकारको घोषणा गरेको छ । साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने घोषणा गरेको हो । संसदमा जारी आर्थिक वर्ष २०७५÷०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने घोषणा गरेका हुन् । त्यस्तै कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान गरिएको जानकारी दिएका मन्त्री खतिवडाले कृषि औजार कारखाना स्थापना गर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया