विद्यार्थी फेल भए शिक्षकलार्इ सजाय हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०७५, मंगलवार ०५:५८

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भए शिक्षकको तलब वृद्धि रोकिने प्रावधानसहितको शिक्षा नियमावली २०७४ कार्यान्वयनमा ल्याएको छ।

राजपत्रमा ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४’ जारी गरी सो व्यवस्था गरिएको हो। नियमावलीमा कुनै पनि शिक्षकले अध्यापन गरेको विषयमा लगातार तीन वर्षसम्म १५ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भए त्यस्ता शिक्षकको तलब वृद्धि रोकिने प्रावधान रहेको छ।

महानगरपालिकाले कार्यान्वयनमा ल्याएको शिक्षा नियमावलीमा प्रधानमअध्यापक र शिक्षकको नियुक्ति तथा काम कर्तव्य र अधिकार शीर्षको २०औँ बुँदामा यस्तो व्यवस्था गरेको  छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१