अर्बौँ सम्पत्तिका मालिक रुचाउँछन् सस्तो गाडी ! विश्वकै धनी बेजोसदेखि जुकरबर्ग चढ्छन् यस्तो कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०७५, मंगलवार ०५:४५

उनीहरुले विश्व नै हल्लाइदिएका छन् । आफ्नो व्यवसायमा सफलता चुमेर संसारलाई चकित तुल्याइदिएका छन् । कतिपय ३५वर्ष मुनीकै छन्, जस्तै स् फेसबुकका सिइओ मार्क जुकरबर्ग । विश्वका धनाढ्यको सूचीमा रहेका यी बिजनेस टाइकूनसँग अर्बौँ डलर सम्पत्ति छ । तर, यिनीहरुले चढ्ने गाडीबारे जानकारी पाउँदा पक्कै सबैलाई छक्क लाग्ला । उनीहरु सस्तो कार चढ्न रुचाउँछन् । फेसबुकका मालिक मार्क जुकरबर्गदेखि गुगलका फाउन्डर लारी पेजसम्मले दुनियाँले सोचेभन्दा सस्तो गाडी चढ्छन् स्

जेफ बेजोस

अमेजनका मालिक तथा सिइओ हुन् जेफ बेजोस । उनले बर्षौंदेखि विश्वकै धनीको सूचीमा रहेका बिल गेट्सलाई केही समययता पछाडि पारिदिएका छन् । अर्थात् बेजोस विश्वकै धनी व्यक्ति हुन् । बेजोसको कूल सम्पत्ती ११७ अर्ब डलर छ । तर, उनी होन्डा अकोर्ड कार चढ्न रुचाउँछन् । उनको कारको मोडल १९९६ हो । अन्तर्राष्ट्रिय बजारमा कायम भएको यसको मूल्य हिसाब गर्दा नेपाली ७० लाख रुपैयाँबराबर मात्रै आउँछ । त्यसो त उनीसँग शेवरलेट ब्लजर कार पनि छ ।

मार्क जुकरबर्ग

फेसबुकका सिइओ मार्क जुकरबर्ग नचिन्ने को नै होला र रु उनको सम्पत्ति ४६ अर्ब डलरभन्दा बढी छ । उनी विश्वकै चौंथो धनी व्यक्ति हुन् । तर, आर्थिक हैसियतको दाँजोमा उनले चढ्ने गाडी निकै सस्तो छ । उनी पगानी हुयरा कार चढ्छन् । यो कारको मूल्य अन्तर्राष्ट्रिय बजारमा करिब १४ करोड नेपाली रुपैयाँबराबर पर्न आउँछ । त्यसो त उनीसँग अकुरा टिएसएक्स र भोल्क्सवागन गल्फ जिटी कार पनि छन् ।

स्टीव बाल्मर

स्टीव बाल्मर पनि विश्वका अर्बपतिको सूचीमा रहेका व्यक्ति हुन् । उनी लस एन्जिलस क्लीपर्सका लगानीकर्ता हुन् । उनको कूल सम्पत्ती ३६ अर्ब डलरभन्दा बढी छ । तर, उनी पनि सस्तो कार नै चढ्छन् । फोर्ड फ्युजन हाइब्रिड कार चलाउन मन पराउँछन् । अन्तर्राष्ट्रिय बजारमा पर्ने यो कारको मूल्यलाई नेपालीमा हिसाब गर्दा लगभग ४० लाख रुपैयाँ मात्रै पर्न आउँछ ।

डस्टिन मस्कोविट्ज

फेसबुकका सहायक–लगानीकर्ता डस्टिन मस्कोविट्ज भोल्क्सवागन आर ३२ कार चढ्न रुचाउँछन् । उनको कूल सम्पत्ति झण्डै १३ अर्ब डलर छ । तर, उनले चढ्ने कारको मूल्य भने अन्तर्राष्ट्रिय बजारमा नेपाली रुपैयाँ ५० लाख बराबर पर्छ ।

लरी पेज

गूगलका सहायक–लगानीकर्ता लरी पेजको मनपर्ने कार टेसला रोड्सटर हो । नेपाली रुपैयाँमा हिसाब गर्दा अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य एक करोडभन्दा बेसी पर्दैन । यो स्पोर्ट्स कार ब्याट्रीबाट चल्छ । लरीको सम्पत्ति भने ४८ अर्ब डलर छ । उनीसँग टोयोटा प्रिअस कार पनि छ ।

लरी एलिसन

लरी एलिसन अमेरिकाका चर्चित व्यवसायी हुन् । विश्वको टपटेन धनाढ्यको सूचीमा उनको नाम पर्छ । अरेकलका सिइओ लरीको कूल सम्पत्ति ५६ अर्ब डलर छ, तर पनि सस्तो कार चढ्छन् । उनले चढ्ने लेक्सस एलएफए कारको मूल्य नेपाली डेढ करोड रुपैयाँ मूल्यबराबर पर्न आउँछ । त्यसो त उनीसँग औडी आर ८, एमसी लरेन एफ १, अकुरा एनएसएक्सलगायत कार पनि छन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१