काचो नरिवलको तेल मोटोपना कम गर्न उपयोगी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०७५, मंगलवार ०५:२२

काठमाडौं ।  मोटोपनाको समस्या समाधानका लागि मानिसहरु विभिन्न तरिकाको खोजी गरिरहेका हुन्छन् । कसैले डाइटिङ गर्छन् भने कसैले खानपान व्यवस्थित गर्ने गर्छन् । तर मोटोपनाको समस्या समाधान गर्नुछ भने काचो नरिवलको तेल निकै लाभदायक हुने तथ्य आएको छ । साधारण खालको तेलमा बढी मात्रामा चिल्लो पदार्थ हुन्छ, जो शरीरमा जम्मा भएर मोटोपना बढाउँछ । तर नरिवलको तेलले मोटोपना नियन्त्रण गर्छ । नरिवलमा भएको खास विशेषताले यो शरीरमा जम्मा हुँदैंन र उर्जा दिनमा उपयोगी हुन्छ ।
यदि नियमित रुपमा र सही तरिकाबाट काचो नरिवलको तेल प्रयोग गरिन्छ भने एक महिना भित्रै पौने ३ किलोसम्म तौल कम गर्न सकिन्छ । तेल शरीर भित्र जाने बित्तिकै कोशिकाहरुलाई पोषित गर्न सुरु गर्छ । यसबाट चिल्लो पदार्थ तत्काल शक्तिमा परिवर्तन हुन्छ र शरीरमा जम्मा भएर बस्न पाउँदैंन ।
दिनभरि खाएको खानामा खराब खालको चिल्लो पदार्थ पनि हुन्छ । यो शरीरमा जम्मा हुन्छ र मोटोपना बढ्न थाल्छ । काचो नरिवलमा पाइने चिल्लो भने अन्य खानामा पाइने चिल्लोभन्दा लाभदायी हुन्छ । जब हामी काचो नरिवलको तेलमा बनाइएको खाना खान्छौं, यो सिधै कलेजोमा पुगेर कोशिकामा फैलन्छ र चिल्लो पदार्थका कणलाई आफू तर्फ तान्छ । कोशिकामा पुगेर यो चिल्लो तुरुन्त शक्तिमा परिवर्तन हुन्छ ।
नरिवलको तेल सजिलै पच्छ, किनभने यसमा कम फ्याटी एसिड पाइन्छ । नरिवलको तेल मध्यम खालको ट्राइग्लिसराइड लोरिक एसिडबाट बन्छ, यो एक आवश्यक फ्याटी एसिड हो । यस्तो ट्राइग्लिसराइडले शरीरको मोटाबोलिज्म बढाउँछ, जसले फ्याटी एसिडलाई उर्जामा परिवर्तन गर्छ । हरेक दिन आफ्नो खानामा दुईदेखि तीन ठूलो चम्चा उपभोग गर्न सकिन्छ ।
नरिवलको तेलमा खाना खानाले चाँडो भोक लाग्ने समस्या पनि हट्छ । यसमो कार्बोहाइड्रेट र अधिक क्यालोरी हुन्छ । यिनै तत्वले भोक नियन्त्रण गर्छ । यदि तपाईंको लक्ष्य दैनिक रुपमा प्राप्त हुने क्यालोरी कम गर्नु छ भने नरिवलको तेल उपयोगी हुन सक्छ । यसले पाचन प्रणालीलाई ठीक राखी क्यालोरी कम गरिदिन्छ । यो प्रक्रियाको माध्यमद्वारा शरीर खाना पचाउने र पोषकतत्व ग्रहण गर्ने र भोकलाई नियमन गर्ने काममा मद्धत गर्छ ।
हर्मोन असन्तुलनको समस्या भएका मानिसमा तौल बढ्ने समस्या सबैभन्दा बढी देखिन्छ । नरिवलको तेलमा बनेको खाना खानाले ब्लड सुगर नियन्त्रित गर्छ । तौल बढाउन भूमिका खेल्ने क्याडिडा यीस्टलाई नियन्त्रण गर्छ। यदि तौल नियन्त्रण गर्नु छ भने दिनहुँ नरिवलको तेलमा बनेका खाना खानुका साथै एक चम्चा नरिवलको तेललाई तातो पानीमा मिसाएर शारीरिक अभ्यास गर्नुअघि पिउनुपर्छ ।
एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१