नेकपा र फोरमबीच दुईबुँदे सहमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७५, सोमबार १२:५४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुदै छ ।

सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिमा हस्ताक्षर गरेका छन।

सत्तारुढ नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ । ‘फोरमलेे आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ,’ सहमतिको पहिलो बुँदामा भनिएको छ ।

फोरमलाई दुई मन्त्रालय

फोरम ओली सरकारमा सहभागी हुने दोस्रो सहमति छ । नेताहरुका अनुसार फोरमले दुई मन्त्रालय पाउनेछ । तर, यसबारे छलफल हुन बाँकी नै रहेको फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्रीसँग छ । यो दुबै मन्त्रालय फोरमले लिने सहमति भएको थियो । तर, सहरी विकासबाट खानेपानी फुटाउनुका साथै स्वास्थ्यमा एमालेबाट पद्मा अर्याल राज्यमन्त्री भएपछि फोरम रुष्ट बनेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१