हैदरावादलाई हराउँदै चेन्नईले उचाल्यो आइपीएल उपाधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७५, सोमबार ०६:३८

मुम्बई। शेन वाट्सनको शतक मद्दतमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल)  क्रिकेटको उपाधि हात पारेको छ। योसँगै तेस्रो पटक उपाधि जितेको चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको छ।

महेन्द्रसिंह धोनीको कप्तानीमा आइतबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको चेन्नईले हैदरावादलाई १७८ रनमा रोक्यो। जवाफी व्याटिङ्गमा आएको चेन्नईले शेन वाट्सनको ११७ रनको योगदानमा ९ बल अगावै २ विकेटको क्षतिमा १७९ रनको विजय लक्ष्य भेट्टायो। ५७ बल खेलेका वाट्सनले ११ चौका र ८ चौका प्रहार गरे। आइपीएलको फाइनलमा कुनै खेलाडीले शतक प्रहार गरेको यो पहिलोपटक हो।

चेन्नईको जितमा सुरेश रैनाले ३ चौका र १ छक्कासहित ३२, अम्बाती रायडूले १६ र फाडु प्लेसिसले १० रन जोडे।

बलिङतर्फ सन्दिप शर्मा र कार्लोस ब्राथवेटले समान १–१ विकेट लिए।

यसअघि टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनायो।

हैदरावादका लागि कप्तान केन विलम्सनले ४७ रन बनाए। ३६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
युसुफ पठानले नटआउट ४५ रन जोडे। २५ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।

शिखर धवन २ चौका र १ छक्कासहित २६, शकिब अल हसनले २ चौका, १ छक्कासहित २३ र कार्लोस ब्राथवेटले ३ छक्कासहित २१ रन बनाए।

बलिङतर्फ कर्ण शर्मा, रवीन्द्र जडेजा, डायन ब्राभो, लुंगी निग्दी र शार्दुल ठाकुरले समान १–१ विकेट लिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१