दिल्ली सम्म आइपुग्यो इबोला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७१, सोमबार १३:०१

नयाँ दिल्ली,  २ भदौ   । नाइजेरियाबाट भारत भ्रमणमा शनिबार आएका तीन यात्रुमध्ये एक ७६ वर्षीय पुरुषमा इबोला भाइरसको संक्रमण देखा परेको छ ।f54bcea8e12d7cce7bfdf8cbe1c60087

इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा भएको प्रारम्भिक स्वास्थ्य निगरानी र लगत्तै राम मनोहर लोहिया अस्पतालमा थप परीक्षणका लागि नाइजेरियाली यात्रुलाई पठाइएको थियो । नेशनल सेन्टर फर डिजीज कन्ट्रोलमा भएको परीक्षणमा एक बृद्ध यात्रुको रगतमा भने संक्रमणको ‘पोजेटिभ’ संकेत पाइएको छ ।

सोमबार प्रकाशित स्थानीय मिडियाका अनुसार यी यात्रुको थप रक्त परीक्षण पुणेस्थित नेशनल बायरोलोजी इन्स्टिच्युटमा पठाइएको छ ।

भारत सरकारले इबोला भाइरसको संभावित संक्रमणको उपचार र सावधानीका लागि राम मनोहर लोहिया अस्पतालमा ६ वटा बेडसहित बिशेष आइसीयु विभाग स्थापना गरिएको छ । नेपालले पनि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलदेखि विदेशी यात्रुको स्वास्थ्य निगरानी र परीक्षण सुरु गर्न डेस्क स्थापना गर्ने जनाएको छ ।

इंग्ल्याण्ड जर्नल अफ मेडिसिन जर्नलका अनुसार इबोला भाइरस संक्रमणको सुरुवात गिनी देशबाट सन् २०१३ को डिसेम्बरमा सुरु भएको थियो । उक्त संक्रमणमा परेर एक दुई बर्षिया बालकको निधन भएको थियो । इबोला भाइरसको फैलँदो संक्रमणबारे सर्तकर्ता अपनाउन नेपाल सरकारले अफ्रिकी मुलुकबाट आउने पर्यटक/यात्रुका हकमा तत्कालका लागि नेपाल भ्रमणको भिसा नदिने निर्णय गरिसकेको छ भने नेपाली नागरिकलाई अफ्रिकी मुलुकमा भ्रमणका लागि रोक लगाउने भएको छ ।

प्रतिक्रिया