रुघाखोकीको घरेलु उपचार (टिप्स)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७५, सोमबार ०५:५५

ललितपुर । बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि धेरै घरबारबिहन भएका छन् । खानपिनको राम्रो ब्यबस्था नहुनु र मौसमका कारण अहिले रुघाखोकीले धेरैलाई सताएको छ । प्रस्तुत छ रुघाखोकीको घरेलु उपचार (टिप्सहरु)

घाटी दुखेको बेलामा बेसारमा तातो दूध हालेर पिउने चलन पहिलेदेखिको हो । बेसार र तातो दूधले घाँटीको दुखाइ कम गर्छ । मर्किएको बेलामा पनि बेसारको सेवनले फाइदा गर्छ । अलि(अलि पोलेको ठाउँमा आलु काटेर दल्दा फाइदा हुन्छ । आलुलाई मसिनो टुक्रा पारेर त्यसलाई पोलेको ठाउँमा लगाउँदा फोका आउँदैन र पोलेको चाँडै निको हुन्छ । घामले पोलेको छालामा पनि ताछेको आलु लगाउँदा चाँडै निको हुन्छ ।

चिसो लाग्दा अदुवा हालेको चिया, अदुवा उमालेको पानी आदिले धेरै फाइदा गर्छ । यसरी अदुवा हालेको पानीले घाँटी दुखेको कम गर्छ र खोकी कम गर्न पनि मद्दत गर्छ । अदुवालाई मुखमा हालेर चुसिरहनाले पनि धेरै फाइदा गर्छ । त्यसै गरी चिसो लागेको बेलामा तातो सूप खाने चलन छ । लसुन र प्याज हालेर पकाएको, सूपमा मरिच हालेर तातो(तातो खाँदा धेरै नै आराम महसुस हुन्छ । यस्तो सूप बनाउँदा गोलभेंडा, लसुन, हरियो तरकारी जे हाले पनि हुन्छ । घाँटी दुखेको बेलामा केही तुलसीको पातलाई पानीमा उमालेर पानीसहित तुलसीको पात चपाएर सेवन गर्दा धेरै फाइदा गर्छ । घाँटी दुखेको बेलामा तुलसीको पातलाई उमाली त्यसमा मह र कागती हालेर खानाले पनि धेरै फाइदा गर्छ । कागतीको रस धेरै समस्याहरूको लागि उपयोगी छ । कतिपयलाई दाँत र गिजाबाट रगत आउने समस्या हुन्छ । गर्भवती महिलाको पनि दाँत र गिँजाबाट रगत आउने समस्या हुन्छ ।

तोरीको तेल, बेसार र नुन मिलाएर गिजामा मालिस गरी कुल्ला गर्नाले बिस्तारै दाँत र गिजाबाट रगत आउने समस्या कम हुन्छ । यदि ३ हप्तासम्म पनि फाइदा भएन भने दाँतको डाक्टरकहाँ जानुपर्छ । अलि(अलि पोलेको बेलामा, घामले छाला डढेको बेलामा घिउकुमारीको लेदो लगाउनाले पोलेको ठाउँमा फोका उठ्दैन र घामले डढेपछि पोलेको दुखाइ पनि कम हुन्छ । घिउकुमारीको गुदी सुक्खा छालामा दल्दा छाला नरम हुन्छ । यदि घिउकुमारीबाट एलर्जी हुँदैन भने यसको गुदी सजिलोसँग प्रयोग गर्न सकिन्छ ।

रुघाखोकी लागि नाक बन्द भएर सास फेर्न गाह्रो भएको बेलामा तातो पानीमा घिउकुमारीको गुदीलाई उमालेर बाफ लिँदा धेरै सजिलो महसुस हुन्छ । छालाका लागि बनाइएका सौर्न्दर्य क्रिमहरूमा पनि घिउकुमारीको प्रयोग गरिएको हुन्छ । कपुरलाई लामखुट्टे भगाउने साधनको रूपमा पनि प्रयोग गर्न सकिन्छ । २ वटा कपुरलाई कुनै तातो भएको ठाउँमा राखिदिए ९जस्तो बत्तीको मुनितिर० पछि यसले लामखुट्टे भगाउने धूपको काम गर्छ । त्यस्तै प्रकारले लामखुट्टे भएको कुनाकाप्चा, खाटमुन्तिर पनि कपुर राखिदिएपछि त्यहाँबाट लामखुट्टे भाग्छन् । कपुरलाई अलिकति पानी भएको प्लेटमा राखेपछि बिस्तारै कपुर उड्छ र कोठामा लामखुट्टे कम हुन्छन् ।

तुलसीको २१ देखि ३५ पत्ता स्वच्छ खलमा राखेर पिसनु ९जसमा मसाला पीसेको नहोस्० चटनी जस्तै गरि र १० देखि ३० ग्राम मीठो दहीमा मिलाएर नित्य प्रातः खाली पेटमा तीन महिनासम्म खानु। यस कुरामा ध्यान दिनु कि दही अमिलो न होस् र यदि दही भनेको जस्तो नभएमा एक(दुई चम्मच मह मिलाउनु पर्छ । सानो बच्चाको लागि आधा ग्राम दवाई महमा मिलाएर दिनु । दूधसँग भुलेर पनि नदिनु। औषधि प्रातः खाली पेटमा लिनु पर्छ। आधा एक घण्टा पश्चात नाश्ता लिन सकिन्छ । दवाई दिन भरीमा एक पटक नै तर क्यान्सर जस्तो असह्य पीडा र कष्टप्रद रोग मा २(३ पटक पनि लिन सकिंन्छ।
यसलाई तीन महीना सम्म सेवन गर्नाले खोकी, सर्दी, ताजा रुघा, खोकी प्रवृत्ति, जन्मजात रुघा, श्वास रोग, स्मरण शक्तिको अभाव, पुरानो भन्दा पुरानो सिरदर्द आँखाको पीड़ा, उच्च अथवा निम्न रक्तचाप, ह्रदय रोग, शरीरको मोटापन, अम्लता, पेचिश, मन्दाग्नि, कब्जियत, ग्यास, पाचन कार्य ठीक सँग नहुँनु, मृगौलाको पथरी तथा अन्य बीमारी, गाँठोको पीडा, वृद्धावस्थाको कमजोरी, भिटामिन “ए” र “सी” को कमीबाट उत्पन्न हुने रोग, सेतो दाग, कुष्ठ तथा चर्म रोग, शरीरको चाउरीपना, पुरानो बिमारी, महिलाको धेरै बीमारी, ज्वरो, आदि रोगबाट मुक्ति मिल्छ ।
प्रस्तुतिः डा। अरुणा उप्रेती

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१