फिल्म प्रमोशनमा रहेकी बलिउड अभिनेत्री करिना कपुरले लगाएको पहिरनका कारण उनका पति सेफअलि खान भड्किएका छन् । उनका प्रशंसकले मन पराएका उनको पहिरन उनको श्रीमानलाई भने मन परेन । यति मात्र हैन उनका पतिले उनलाई पहिरन परिर्वतन गर्न समेत आदेश दिएको करिनाले एक अन्तर्वातामा खुलासा गरेकी छन् ।
अहिले पनि सार्वजनिक कार्यक्रमहरुमा करिनालाई छोटा र पारदर्शी पहिरनमा देख्न सकिन्छ । सुत्केरी भएको केही समयमै उनले आफ्नो शरीरको तौल घटाएर स्लिम बनेकी थिइन् । त्यसपछि जहाँ पनि आफ्नो शरीरका अंगहरु देखाउने मनशाय राख्छिन् ।
तर, उनको यही रवैयाले पति सैफ अली खान असन्तुष्ट बनेको खबर छ । हालै एक कार्यक्रममा यसैको छनक देखियो । उक्त कार्यक्रममा करिनाको पहिरनमा सैफले सार्वजनिक रुपमै आपत्ति जनाएका थिए ।
‘के लुगा लगाएको यस्तो रु यसलाई चेन्ज गरेर सामान्य कुर्ता सुरुवाल लगाएर आउ,’ करिनालाई सैफले आदेश दिए । तर, करिनाले पति को आदेशलाई नजरअन्दाज गरिन् ।
‘सबैले सुहाएको छ भनिरहेका छन् त, तपाईंलाई चैं के अप्ठेरो पर्यो रु’ उनले जवाफ दिइन् । पत्नीमाथि हैकम चलाउन खोज्दा सैफ आफैं लज्जित हुनुपर्यो ।
छोरा तैमुरलाई जन्म दिएपछि करिनाले अभिनय गरेका चलचित्र ‘वीरे द वेडिङ’ प्रदर्शनको तयारीमा छ । यस फिल्मको प्रमोसनका लागि करिना विभिन्न स्थानमा पुगिरहेकी छिन् । जहाँ जहाँ जान्छिन् उनको पहिरन उति छोट्टँिदै गइरहेको पाइन्छ ।
प्रतिक्रिया