एकै दिनमा ट्रान्सक्रिप्ट दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७५, सोमबार ०५:२६

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई एकै दिनमा लब्धाङ्कपत्र (ट्रान्सक्रिप्ट)  उपलब्ध गराउनका लागि आइतबारदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ सुरु गरेको छ ।

त्रिविले अहिले सुरुमा स्नातक तहको शिक्षा शास्त्रसंकायको मात्र ट्रान्सक्रिप दिने गरे तापनि एक हप्ताभित्र सबै सङ्कायको दिने तयारी गरेको छ।  पनिकाले अहिले केन्द्रीय कार्यालयबाट सुरु गरे तापनि विस्तारै पोखरा, नेपालगञ्ज, विराटनगर र अत्तरियाबाट समेत एकै दिनमा ट्रान्सक्रिप्ट दिइने तयारी गरेको छ।

अहिले दैनिक करिब एक हजार पाँच सय जना ट्रान्सक्रिप्ट लिन पनिका बल्खुमा आउने गरेका छन्। अहिले त्रिवि अन्तर्गतका एक हजार १ सय ८ क्याम्पसमा करिब ६ लाख विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया