गर्भपतन गराउँदा के–के समस्या हुन्छन् ? यस्ता छन् जोखिमपूर्ण अवस्था

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ जेष्ठ २०७५, आईतवार ०६:००

असुरक्षित यौन सम्बन्धबाट जोगिन युवा–युवती र दम्पत्तिहरूले अस्थायी साधन प्रयोग गर्न रुचाउँदैनन् । गर्भनिरोधक अस्थायी साधनको प्रयोग नगरी गर्भपतन गराउने युवती तथा महिलाको संख्या बढ्दो छ ।

गर्भपतनका औषधि सहज रूपमा उपलब्ध हुने भएकाले पनि आकस्मिक गर्भपतन गराउने युवतीको संख्या बढेको हो । खासगरी सहरदेखि गाउँसम्मै गर्भपतन गराउनेको संख्या बढिरहेको छ ।

पहिलोपटक गर्भवती हुनुहुन्छ भने भुलेर पनि गर्भपतन नगर्न चिकित्सकहरूको सल्लाह छ । पहिलो बच्चालाई पतन गराउँदा अर्कोपटक बच्चा नबस्ने सम्भावना पनि हुन्छ । त्यसैले, पहिलो शिशु पतन गर्नु निकै संवेदनशील हुन्छ ।

यस्तो गतिविधिले थुप्रै साइड इफेक्ट निम्त्याउन सक्छ । जस्तो कि पाठेघरको क्यान्सर, पिसाबमा समस्या, महिनावारी गडबडी आदि । कम उमेरका किशोरीले गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव हुने र त्यसकै कारण मृत्युसमेत हुन सक्छ ।

पटक–पटक गर्भपतन गराउने गल्ती पनि गर्नु हुँदैन । यसो गर्ने महिलामा मानसिक रोगसमेत देखिन सक्छ । गर्भपतन गराउँदा पाठेघरको ट्युब ब्लक हुने गर्छ । जसकारण पेट दुखिरहने समस्या हुन्छ । यस्तो समस्याले जीवनभर गाँज्ने गर्छ ।

गर्भपतन गराउनेमा किशोरीको संख्या बढी छ । कम उमेरमा गर्भपतन गराउँदा मानसिक रूपमा अशक्त हुने सम्भावना अत्यधिक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१