सोनमको नयाँ फेसन, साडी माथि सर्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ जेष्ठ २०७५, शनिबार ०५:०२

एजेन्सी । हालै विवाह बन्धनमा बांधिएकी सोनम कपुर एएटा सार्वजनिक कार्यक्रममा देखिइन् । उनको नयाँ लुक देखेर प्रशंसकहरु प्रभावित भए । उनले साडि माथि सर्ट लगाएकी थिइन् । करिना कपूर, सोनम कपूर स्टारर फिल्म वीरे दी वेडिङ जून १ मा रिलिज हुँदै छ । उनी सोही फिल्मको प्रमोशनका क्रममा सार्वजनिक भएकी हुन् । उक्त फिल्मको प्रोमोशनमा फिल्मको पूरा स्टार कास्ट आजकाल व्यस्त छन् । हालै फिल्मको प्रोमोशनका क्रममा सोनम, करिना, स्वरा र शिखा सुन्दर अन्दाजमा देखिएका थिए । सोनम कपुरले सेतो सर्टसँग निलो रङको साडी लगाएर फिल्मको प्रोमोशनमा पुगेकी थिइन् । उनको यो अचम्मको फेशन उनका प्रसंशकलाई भने निकै मन पर्यो । यता, करिना कपुर प्रोमोशनमा डेनिम स्कर्ट र ज्याकेटमा देखिइन् । तैमुरको जन्मपछि करिनाको यो पहिलो फिल्म हो । स्वरा भास्कर वीरे दी वेडिङको ट्रेलरमा पहिलो पटक बोल्ड अन्दाजमा देखिएकी छिन् । यस्तै, शिखा तल्सानिया सेतो पहिरनमा प्रोमोशनमा पुगिन् । फिल्मलाई रिया कपूर र एकता कपूरले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१