राजकुमार ह्यारी र मेगनको विवाहमा प्रियंकाले लगाएको जुत्ताको ब्यापक चर्चा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७५, बिहीबार ०४:५९

काठमाडौँ। भारतीय चर्चित नायिका तथा पूर्व विश्व सुन्दरी प्रियंका चोपडा सदावहार चर्चामा रहने अभिनेत्री हुन् । कहिले हलिउड यात्रामा लागेर त कहिले सुन्दरताका कारण चर्चामा रहँदै आएकी यि सुन्दरी यतिबेला ब्रिटेनका राजकुमार ह्यारी र अमेरिकी नायिका मर्केलको विवाहमा सहभागी हुँदा लगाएको ड्रेसका कारण चर्चामा छिन् ।

भारतीय मिडियाका अनुसार जति चर्चा विवाहको त्यति नै चर्चा छ बलिउड नायिका प्रियंका चोपडाको पनि बढ्दो छ । मर्केलकी साथी भएको नाताले शाही विवाहमा उपस्थित भएकी नायिका प्रियंकाले लगाएको पोशाकले विबाहकै दिदेखि नै चर्चा बटुलीरहेको छ ।

विबाहको दिन दिउँसो आयोजना भएको विवाहमा लभेन्दर भिभेने वेस्टवुडको स्कर्टमा देखिएकी उनी निकै सुन्दर र बोल्ड अवतारमा देखा परेकी थिइन् । उनले शाही विवाहमा लगाएको जुत्ताको मूल्य कति लाखको थियो भन्नेमा सबै चकित छन्  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१