घाम तापिरहेकी हट प्रियंकाको एउटा तस्वीर यसरि भयो भाइरल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७५, बुधबार ०४:४०

बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला भने आफ्नो परिवारसहित बेवर्ली हिल्समा छुट्टी मनाइरहेकी छन् ।

उनले आफ्नो परिवारसँग बिताएका पलहरुको तस्वीर हालै इन्स्टाग्राममा सेयर गरिन् । तीमध्ये एउटा तस्वीर यतिबेला भाइरल भएको छ ।

उक्त तस्वीरमा प्रियंका रातो रंगको मोनोकिनी लुकमा देखिएकी छिन् । वान पिस स्वीमसुटमा उनको हटनेस गज्जबले छचल्किएको छ ।

फुटोनमा सुतेर घाममा आफूलाई सुकाइरहेकी प्रियंकाको यो अवतारले जस्तोसुकै शान्त हृदयलाई पनि अस्थिर बनाउन सक्छ । मोनोकिनी बिकिनी, फुलवाला सर्ट र टाउकोमा ह्याटका साथ उनी असाध्यै खुलेकी छिन् ।

प्रियंकाको स्टारडम यतिबेला बलिउडमा मात्र सिमित छैन । उनले हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी छिन् ।

लोकप्रिय अमेरिकी टिभी शो क्वान्टिकोको तेस्रो सिजनको सुटिङ सिध्याएर उनी चाँडै भारत फर्किने छिन् र सलमान खानसँगको फिल्म ‘भारत’ मा व्यस्त हुनेछिन् ।

पछिल्लोचोटि उनी तीन वर्षअघि हिन्दी फिल्म जय गंगाजलमा देखिएकी थिइन् । भारतीय दर्शकहरु उनको कम ब्याकको प्रतीक्षामा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१