४ वर्षिय गुगल ब्वाई, भविष्यबाणी गर्न सक्ने क्षमता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७१, सोमबार ११:३४
तपाई हामी जो कोही पनि आफूले नजानेको कुरा थाहा पाउन इन्टरनेट सर्च इन्जिन गुगलमा पुग्छौ । यसका लागि इन्टरनेट अनिवार्य हुन्छ । तर, विद्यालय नै नटेकेका, कखरा र एवीसी समेत नघोकेका एक ४ वर्षीय बालकले गुगललाई नै चुनौती दिने काम गरेका छन् । यी हुन आदीत्य दाहाल । विक्रम संवत् २०६७ साल श्रावण ७ गते काठमाडौंको चावहिलमा जन्मिएका यी बालक देख्दा असामान्य छन् । पढ्न, लेख्न त परै जावस विद्यालय समेत देखेका छैनन, आदीत्यले । तर उनी अरुले सोधेको र लेखेको प्रश्नको सहज रुपमा उत्तर लेख्न सक्छन् । आफ्नै आत्मज्ञानबाट कखरा र एवीसी लेख्न सिकेका आदित्यले भारत, चीन लगायत देशका प्रधानमन्त्रीको नाम नेपालका ७५ वटै जिल्ला र १४ वटा अञ्चलको नाम लेख्न सक्छन् । यतीमात्रै होइन उनी आफुसंग घुलमिल भएका व्यक्तिहरुको नाम र काम कारबाही समेत लेख्न सक्छन् । उनीसंग शब्दजालको भण्डार नै छ, गुगल र विकिपीडिया जस्तो । आमा बुबाको सहारामा सगरमाथा टेलिभिजनसम्म आइपुगेका यी बालकले हामीलाई आफु आएको संस्थाको नाम लेखेर मात्रै देखाएनन् । सगरमाथा टेलिभिजनका अध्यक्षको नाम र कामकारबाही बारे यस्तो लेखिदिए । उनीलाई हामीले कोरियन भाषामा अमनी लेखेर नेपालीमा उल्था गर्न लगार्यौ उनले सहजै आमा लेखेर आश्चर्य चकित पारे । हुनत, आदीत्यको सुरुको अवस्था सामान्य भएको आमा बुबा नै बताउँछन् । कसरी र कहिले देखी यो चमत्कार सुरु भयो त ? अभिभावकले भने जस्तै आदित्य झण्डै ३ बर्षसम्म हिडडुल गर्नसक्थे र सामान्य बोलिचालीको भाषा बोल्थे पनि । यो हेर्नुहोस त । विस्तारै उनीमा सुस्तता देखापर्दै गयो र उनी हात गोडा मात्रै होईन जिब्रो समेत चलाउन नसक्ने अवस्थामा पुगे । जतिबेला उनी ३ बर्षका थिए । छोराको यस्तो अवस्था व्यहोरेका अभिभावकले उपचारका लागि काठमाडौंकोे न्युरो, कान्ति बाल अस्पताल, काठमाडौं मेडिकल कलेज लगायतका दर्जनौ अस्पताल र भारतको न्यु दिल्लीस्थित गंगाराम अस्पतालसम्म धाए तर सबैजसो अस्पतालले कुनै रोग पत्ता लगाउन सकेनन् । असामान्य अवस्थाका देखिएका आदित्यमा २०७१ असार २५ देखि भने चमत्कारीक ज्ञान देखिन थाल्यो । उनले कखरा, एबीसी मात्रै होइन, विद्यालय नै नदेख्दै कठिन शब्द आफै लेख्न थाले । २०७१ असारको अन्तिम साताबाट सुरु भएको आदित्यको चमत्कारीक ज्ञान अझ बढी रहेको छ । उनी अहिले आफुसंग घुलमिल भएको व्यक्तिको नाम, काम कारबाही मात्रै होइन भविश्य समेत कोर्न सक्छन् । उनी नचिनेका व्यक्तिले सोधेका कठिन प्रश्नको जवाफ पनि दिन सक्छन् । केबल कापी र कलमको साहाराले । ४ बर्षका यी बालकमा देखा परेको यो ज्ञानको भण्डार जति विशाल छ । अभिभावकमा त्यती नै पीडाबोध पनि छ । उनीहरु उपचारका लागि सहयोगी हातहरु खोजिरहेका छन् । एउटा बालकमा असामान्य अबस्थामा देखिएको यति ठुलो क्षमता एउटा पढेलेखेको बौद्धिक युवाको भन्दा विशाल छ । बालकको थप शिक्षाका लागी अभिभावकहरु विद्यालयको खोजिमा छन् । 
स्रोत : सगरमाथा टेलिभिजन

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१