नेपालगन्जमा तीज महोत्सवको रौनकता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७१, सोमबार १९:१४

काशीराम शर्मा/बाँके, २ भदौ । नेपालगञ्जमा पछिल्लो समय तीजको रौनक छ । शहरभरी रातो सारीमा सजिएका महिलाहरु भेटिन्छन् । साउन ३० गतेदेखि नेपालगञ्जमा तीज महोत्सव सुरु भएपछि नगरनै तीजमय भएको छ ।

आधा आकाश आधा धर्ती, उद्यमशिलताले नै हुन्छ महिला मुक्ति” भन्ने नाराका साथ नेपालगञ्जमा तेस्रो महिला उद्यम प्रदर्शनी तथा तिज महोत्सव २०७१ चलिरहेको छ । नेपालगञ्जको सुर्खेतरोडस्थित सिद्वार्थ कटेजमा जारी तीज महोत्सवमा महिलाहरु छमछमी नाच्छन् ।
यसैगरी खुला नृत्य प्रतियोगिता समेत सञ्चालन गरिएको छ । महोत्सव हेर्न आउनेको भिँड बढ्दै गएको सदस्य सचिव रचना श्रेष्ठले जानकारी दिइन् । कार्यक्रममा गायक कुलेन्द्र सेजुवाल लगायतका स्थानीय कलाकारहरुको प्रस्तुती देख्न पाइन्छ ।
आज सोमबारको महोत्सवमा कलाकार इन्दिरा न्यौपानेको रुदै रुदै गयो मेरो भाईपनि भन्ने नाटकमा दर्शकहरु भावुक भएका थिए । त्यस्तै बासका कलाकारहरुले महिला बेचविखन सम्बन्धी जनचेतना मुलक नाटक प्रस्तुत गरेका थिए ।
महोत्सवमा सोमबार भएको तिज नृत्य प्रतियोगितामा ६ जना बाहिरिएका छन् भने अन्तिम नतिजा मंङगलबार सार्वजनिक हुने साँस्कृतिक संयोजक तारा खत्रीले जानकारी दिइन् ।
महोत्सव स्थलमा महिला उद्यमीहरुको सक्रियतामा सञ्चालित र उत्पादित बिभिन्न बस्तुहरुको स्टलहरु राखिएका छन् । प्रदर्शनमा राखिएका स्टलहरुमा दुना, टपरी, धागो, गृहसज्जा, ढकिया, गुन्द्री लयायत सौन्दर्य सम्बन्धिका आकर्षक स्टलहरु रहेका छन् ।
यसअघि हिजो भएको तीज गीत प्रतियोगितामा पवित्रा रोकाय प्रथम, सावित्री अधिकारी र सोना कुमाल द्धित्तिय, दुर्गा विक तृतिय, रमिता मगर चौथो र निर्मला विसी पाँचौ भएका छन् । प्रथम द्धित्तिय र तृतियलाई क्रमश नगद ५ हजार, ३ हजार, र २ हजार पुरस्कार दिइएको सांस्कृतिक संयोजक तारा खत्रीले बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१