इवोला भाइरलमा सुरक्षा निकायको चासो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७१, सोमबार ०७:१०

काठमाडौं, २ भदौं । अत्यन्त संक्रामक ‘इबोला भाइरल’ बारे नेपालको तीनै सुरक्षा निकायमा निकै चासो बढेको छ ।Ebola

इबोला भाइरल प्रभावित चार पश्चिमा अफ्रिकी मुलुकमध्ये लाइबेरियामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको फरकफरक टोली रहेको छ ।

कतिपयको नेपाल फर्कने समय समेत नजिकिएकोले यसमा चासो बढेको हो । शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालका डा शेरबहादुर पुनले नेपाली सुरक्षा अधिकारीहरु इबोला प्रभावित स्थानबाट र्फकने क्रम शुरु हुने बताए ।

अफ्रिकी मुलुकमा कार्यरत सुरक्षा अधिकारीहरुमा भने त्यस्तो संक्रमण भएको जानकारी सरकारलाई छैन् । तर पनि सुरक्षा निकायले उनीहरुसँग लगातार सम्पर्क गरिरहेको अधिकारीहरुले बताए ।

राष्ट्रसंघीय शान्ति स्थापनार्थ मिसनमा खटिएका ती टोलीहरु भएको स्थानमा भाइरल नफैलिएको भए पनि उनीहरुलाई कतैबाट पनि संक्रमण हुन नदिन नेपाल सरकारले संयुक्त राष्ट्रसंघमा जानकारी गराउदै यसअघि नै पत्राचार गरिसकेको छ ।

राष्ट्रसंंघीय मिसनमा सुरक्षा निकायका साथै केही नेपाली नागरिकसमेत काम गर्दै आएको र उनीहरुको सुरक्षाका बारेमा राष्ट्रसंघबाट पहल भइरहेकोमा निश्चिन्त रहेको सरकारले जनाएको छ ।

लाइबेरियामा राष्ट्रसंघ भन्दा बाहिर अन्य नेपालीहरु कार्यरत रहेको सूचना सरकारलाई छैन् । अहिलेसम्म पनि कसैले जानकारी गराएका पनि छैनन् । तर दक्षिण अफ्रिकी मुलुकहरुमा भने धेरै नै नेपालीहरु रहेको तथ्यांक पाइएको छ ।

तर दक्षिण अफ्रिकी मुलुक संक्रमणमा नरहेकोले दक्षिण अफ्रिकीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले पश्चिम अफ्रिकीमा पनि नेपाली कतै छन कि भनेर बुझ्ने कार्य भइरहेको जानकारी मन्त्रालयलाई पठाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिक्रिया