नौ महिनामा देशको व्यापार घाटा ८ अर्ब १६ अर्ब

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०७५, शुक्रबार ०५:३०

काठमाडौँ । नौ महिनामा देशको व्यापार घाटा ८ अर्ब १६ अर्ब पुगेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि चैतसम्म ८ खर्ब १६ अर्बको बस्तु व्यापार घाटा देखिएको छ। यो घाटा अघिल्लो वर्षको यस अवधिको तुलनामा २१. ७ प्रतिशतले बढी हो।

नौ महिनासम्म ५९ अर्ब ७४ करोड रुपैयाँको कुल बस्तु निर्यात भएको छ भने ८ खर्ब ७६ अर्ब २९ करोडको आयात भएको छ। निर्यात गत वर्षको यस अवधिको तुलनामा ८.२ प्रतिशतले बढ्दा आयात २०.६ प्रतिशतले बढेको छ।

भारतबाट हुने आयात २१.९ तथा चीनबाट हुने आयात २२. ८ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१