काठमाडौँ, १ भाद्र । नेपाली सगितको सँरक्षण,सँम्वद्धन तथा प्रर्वद्धनका निम्ति संगीतका विभिन्न प्रशिक्षण कक्षाहरु प्राज्ञिक तथा व्यवहारिक रुपमा संचालन गर्दै आइरहेको श्रुति सगीत विद्यालयले स्वामी नारायाणाचार्य श्रुति अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । शिल्पी थिएटरमा भएको कार्यक्रममा नेपाली मौलिक कला सस्कृतिको जर्गेना गर्ने क्र्रममा विद्यालयले नेपाली सगीतमा विशिष्ट योगदान पुयाउने सगीत साधक दिपक जंगमलाई स्वामी नाराणाचार्य श्रुति अभिनन्दन गरेको छ । अभिनन्दनका क्रममा जंगमलाई २५ हजार ५ सय राशिले सम्मान गरिएको छ । यस्तै विद्यालयले संगीतकार सुरेश अधिकारी , गायिका कोमल वली एवम गायक हेमन्त शर्मालाई श्रुति युवा सम्मान तथा ५ हजार ५ सय राशि प्रदान गरेको छ ।
कार्यक्रममा सञ्चारमन्त्री मिनेन्द्र रिजाल ,डाक्टर भोला रिजाल ,बैकर लिना अर्याल लगायत समाजसेवि तथा कलाकारको बाक्लो उपस्थििति रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री रिजालले आउदा दिनमा सगीत क्षेत्रमा पनि सरकारले केहि ठोस निति बनाउने आश्वासन दिनुभयो । यस्तै श्रुति संगीत विद्यालयक अध्यक्ष नरहरि प्रेमीले मन्त्री रिजाललाई मायाको चिनो मादल प्रदान गर्दै राजनीतिमा अब तालको आवश्यकता भएको व्यग्य गर्नुभयो ।
प्रतिक्रिया