विश्व बैंकद्वारा रु २७ अर्ब ६५ करोड सहुलियतपूर्ण ऋण सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०७५, शुक्रबार ०५:५०

काठमाडौँ । विश्व बैंकले वित्तीय तथा सार्वजनिक वित्त व्यवस्थापन विकास नीति र रानी जमरा कलरिया सिँचाइ परियोजना कार्यान्वयन गर्न रु २७ अर्ब ६५ करोड सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व बैंकका देशीय निर्देशक चिमाओ फ्यान र अर्थ मन्त्रालयका सचिव राजन खनालले सो ऋण सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे। उक्त रकमको आधाभन्दा बढी भाग बजेटरी सहायता र बाँकी रकम सिँचाइ परियोजनामा उपयोग गरिनेछ।

आगामी फागुन अन्त्यसम्म उक्त सम्झौता लागू हुनेछ। रानी जमारा (दोस्रो चरण)  सिँचाइ आयोजना भने आगामी पाँच वर्षसम्म जारी रहनेछ। हस्ताक्षर समारोहमा सचिव खनालले नेपालको सामाजिक तथा आर्थिक सहयोगमा विश्व बंैकबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार प्रकट गरे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१