आँखा शरीरको महत्वपूण अंग हो । आँखाका कारण हामी पूरै संसार देख्न सक्छौं । आजकलको व्यस्त जीवनसैलीमा आँखाको सहायताबाट हामीले सवै काम चलाउन पर्ने हुन्छ ।
मोबाइल, ल्यापटपमा दिनभर आँखाले जोर दिदै काम गर्नु पर्ने अवस्था छ । यस्तोमा आखामा पीडा, आशु आउनु या रातो हुने जस्ता समस्या हुन सक्छ । तर पनि तपाई नडाराउनुहोला । यसको उपचारका लागि घ्यू कुमारी र महको जूसको सहायतले तपाईको आँखामा देखिएको समस्या समाधानमा सघाउ पु-याउँछ ।
तपाईले चस्माको प्रयोग गरिरहनु भएको भएपनि नियमित रुपमा घ्यू कुमारी र महको जुसको प्र्रयोगले त्यसको अन्त्य हुन सक्छ ।
आवश्यक सामाग्री
२ सानो चम्चा एलोवेरा(घ्यू कुमारी)को जूस २ सानो चम्पा मह २ चम्चा कागतीको रस २ सानो चम्चा ओखरका टुक्रा आवश्यकता अनुसार पानी
विधिसवै सामाग्रिलाई एकसाथ मिलाएर मिक्सरमा पिस्ने । तयार भएको जुसलाई छान्नुहोस् र एक गिलास बनाएर पिउनुहोस् । तपाईले यो जूसलाई खाना खानुभन्दा आधा घण्टा पहिला पिउनुभयो भने फाइदा हुन्छ । यसलाई नियमित रुपमा केही दिन सेवन गरेपछि नै यसको फाइदा देख्न सक्नु हुन्छ ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।
प्रतिक्रिया