सैनिक खर्च ह्ववात्तै बढ्यो, १० वर्षमा यतिधेरै खर्च ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०७५, सोमबार ०५:५२

काठमाडौं ।  वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा परेका छ ।

द्वन्द्व, हातहतियार तथा निशस्त्रीकरणसम्बन्धी अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था स्टकहोल्स इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपाल दक्षिण एसियाको पाँचौं नम्बरमा परेको हो ।

उक्त संस्थाले सन् १९८८ देखि सन् २०१७ सम्म विश्वभरका विभिन्न मुलुकको सैन्य खर्चसम्बन्धी वितरणसहितको रिपोर्ट सार्वजनिक गरेको छ ।

रिपोर्टमा सन् २०१७ मा नेपालको सैन्य खर्च ३८६ मिलियन डलर अर्थान् ४० अर्ब ३८ करोड २० लाख रुपैयाँ भएको छ ।

सन् २०१६ मा नेपालको सैनिक खर्च ३४ अर्ब ५६ करोड ९० लाख रुपैयाँ थियो भने २०१५ मा ३३ अर्ब १५ करोड ९० लाख रहेको उल्लेख छ ।

रिपोर्टमा नेपालको सैनिक खर्च १० वर्ष अघिको तुलनमा तीन गुणाले बढेको देखाएको छ । सन् २००८ मा नेपालको सैनिक खर्च १३ अर्ब पाँच करोड रहेको उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१