न्युड मोडलमा गरिएको यो विशेष पेंटिङको चर्चा अहिले विश्वभर भइरहेको छ ।
तर, न्युयोर्कको कानुनले यसो गर्न अनुमति दिएको थियो । किनभने त्यहाँ कला अभिव्यक्त गर्नका लागि नांगिनु गैरकानुनी होइन।
यतिमात्र होइन यस्तो अवस्थामा प्रहरीले रोक्न पनि सक्दैन । ट्रीनाकी मोडल जेसिना मेलो भन्छिन्–तपाई यो परिवर्तनको प्रक्रिया महशुस गर्न सक्नुहुन्छ । ब्रस निकै कोमल छ र पेन्टिङका क्रममा यो शरीरमा चलाउँदा मसाज गरेको अनुभूति हुन्छ ।
नाङ्गै उभिएका मोडलहरुलाई यसरी पेन्ट गरिएको छ कि उनीहरु त्यहीको दृष्यसँग मेल खाएका छन् । एक प्रकारले न्युड मोडल अदृष्यरुपमा सहरको भवन, नदी, बोटविरुवाको हिस्सा देखिएका छन् भने मोडलहरुलाई बुकलिन र मैनहैटन ब्रिज, सेन्ट्रल पार्क, गुघेम म्युजिम र आइकानिक टावरबाहिर पेन्ट गरिएस्को छ।
यो कामका लागि कयौ घण्टा लागेको थियो । मानिसहरुको अनेक थरिका प्रतिक्रिया आएको थियो ।
प्रतिक्रिया