मनिषाले पाइन् भारतको प्रतिष्ठित अवार्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७५, मंगलवार ०५:४७

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले भारतको प्रतिष्ठित ‘दादासहेब फाक्ले अवार्ड–२०१८ हात पारेकी छन् । उनले ‘मस्ट भर्सस्टाइल एक्ट्रेस’ अवार्ड पाएकी हुन् ।

भारतको मुम्वईमा आइतबार सम्पन्न दादासहेब फाक्ले अवार्ड–२०१८ कार्यक्रममा उनका बुबा प्रकाश कोइराला र आमा सुष्मा कोइराला साथै देखिएका थिए । उनले अवार्ड पाएसँगै आफू अत्यन्तै सम्मानित भएको महसुस गरेको प्रतिक्रिया दिएकी छन् ।

सन् १९७० अगष्ट १६ मा जन्मिएकी मनिषा बलिउडमा चर्चा कमाएकी नेपाली कलाकार हुन् । उनले हिन्दी, नेपाली, तमिल, तेलुगू मलाय चलचित्रहरुमा अभिनय गरेकी छन् । उनी भरत नाट्य र मनिपुरी नृत्यमा पनि चर्चित छन् ।

उनका चर्चित भारतीय चलचित्रहरुमा मुम्बई एक्सप्रेस, १९४२ ः अ लभ स्टोरी, इन्सानियत के देवत, यलगार, सौदागर, मिलन, दुष्मनी, अनोखा अन्दाज, यूही कभी, लाल बादशाह, कच्चे धागे, कारतूस, जय हिन्द, लावारिस, मन, ताजमहल, कम्पनी, जानी दुष्मन, लज्जा, चेम्पियन, खौफ, बागी आदि छन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१