यौन सम्पर्कमा वीर्य नखस्ने कस्तो समस्या हो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७५, मंगलवार ०५:४४

काठमाडौं। म १८ वर्षीय युवक हुँ । मेरो लिङ्ग पहिलेको भन्दा अति नै घटेको छ र यौन सम्बन्धमा पनि वीर्य नखस्ने तथा सानो पेट दुख्ने समस्या छ । यो समस्याको समाधान के होला रु लिङ्ग सानो हुनु कुनै गम्भीर समस्याको संकेत त होइन नि रु

लिङ्गको संरचना र मापन

कैयौं किशोर तथा युवाहरूलाई आफ्नो लिङ्गको आकार वा लम्बाइका बारेमा पीर परेको हुन्छ । पर्याप्त जानकारी नहुँदा उनीहरू अलमल र अन्योलमा पर्छन् । त्यसैले लिङ्गको कार्य तथा बनावटका सम्बन्धमा केही कुरा गरौं ।
लिङ्ग पुरुषको प्रमुख प्रजनन अङ्ग हो र यो शरीरको बाहिरबाटै देखिन्छ । प्रजनन अङ्गका रूपमा यसको प्रमुख कार्य वीर्य महिलाको योनीमा राख्नु हो । त्यसैले अरू बेला लुलो भए पनि यौन उत्तेजनाका बेला यो अङ्ग मोटो, ठूलो र कडा हुन्छ, जसले गर्दा वीर्य योनीमा राख्न सजिलो हुन्छ ।

यस्तो विशेष कार्य गर्नुपर्ने भएकाले यसको संरचना पनि विशेष किसिमले नै बनेको हुन्छ र यसमा विशेष स्पञ्ज जस्तै तन्तु हुन्छन्, जसमा रगत भरिएपछि लिङ्गले उत्तेजना प्राप्त गर्छ । लिङ्ग संरचना बाहिर देखिने जतिमा मात्र सीमित हुँदैन । लिङ्गको विभिन्न भागको कुरा गर्दा यसको जरा भित्रतिर ९चययत या उभलष्क९चबमष्ह० हुन्छ, जुन जघनास्थी बीचमा पेनिस र दुवैतिर अचगक या पेनिस का रूपमा जोडिएका हुन्छन् । लिङ्गको अर्को भाग हो जुन हामीले बाहिरैबाट देख्न सक्छौं र यही भागको सबैभन्दा बाहिरपट्टि केही फुकेको भाग हुन्छ जसलाई हामी पेनिस अर्थात् लिङ्ग मुण्ड भन्छौं ।

लिङ्गको नाप कसरी लिने रु

सर्वप्रथम नाप्न आवश्यक सामग्री रुलर ९स्केल० वा नाप्ने फित्ताको व्यवस्था गर्नुहोस् । उत्तेजित लिङ्गको नाप लिन सर्वप्रथम लिङ्गलाई पूर्ण उत्तेजनामा ल्याउनु पर्छ । लम्बाई नाप्न लिङ्गको फेद अर्थात् लिङ्ग शरीरमा टाँसिएको स्थानमा राख्नुहोस् र जघनास्थीमा थिचेर उत्तेजित लिङ्गको समानान्तर राख्दै लिङ्ग मुण्डको टुप्पोसम्म नाप लिनुहोस् । यहि नै लिङ्गको लम्बाई हो ।

जघनास्थीमा राम्रोसँग नथिची नाप लिंदा विशेष गरेर मोटो व्यक्तिको छालामा बोसो हुने हुँदा लिङ्ग वास्तविक लम्बाइभन्दा छोटो लाग्न सक्छ । लिङ्गको मोटाइ नाप्न लचिलो नाप्ने फित्ताले उत्तेजित लिङ्गको बीचतिरको सबैभन्दा मोटो भागलाई बेर्नुहोस् र नाप लिनुहोस् । यो नै लिङ्गको मोटाइ हो । तपाईंसँग लचिलो नाप्ने फित्ता छैन भने कुनै पातलो डोरीले नापेर रुलरमा कति छ हेर्न सक्नु हुन्छ ।

लिङ्ग किन सानो भएको होला रु

किशोरावस्थामा विभिन्न हार्मोनको प्रभावमा लिङ्ग वृद्धि हुन थालेपछि वयस्कको जत्रो भएपछि मात्र यसको वृद्धि रोकिन्छ र सामान्य अवस्थामा लिङ्गको यो नाप वयस्क उमेरभरि नै रहन्छ । तपाईंले बुझिसक्नु भएको हुनुपर्छ, किशोरावस्थामा सामान्यतः लिङ्गको नाप कम हुँदै जाने स्थिति हुँदैन ।

तपाईंले आफ्नो लिङ्ग सानो भएको कुरा गर्नु भए पनि आफ्नो लिङ्ग सानो भएको कसरी थाहा पाउनु भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । तपाईंले हेरेकै आधारमा वा कसैले भनेकै आधारमा लिङ्ग सानो भयो भन्न सकिने कुरा हुँदैन । तपाईंले कसरी लिङ्गको लम्बाई वा मोटाइ नाप्नु भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । आशा गर्छु, तपाईंले माथि उल्लेख गर्नु भएझैँ आफ्नो लिङ्ग नाप्नु भएको थियो र पुनः त्यही तरिकाले नै नाप्दा फरक अर्थात सानो भएको पाउनु भयो भने मात्र लिङ्गको नापमा केही फरक आएको भन्न सकिने स्थिति हुन्छ ।

विशेष गरेर किशोरावस्थामा लिङ्ग सानो भए जस्तो लाग्ने स्थिति अधिक मोटोपनका कारणले हुन्छ । यस्तो स्थितिलाई दगचष्भम उभलष्क भनिन्छ । यस्तो स्थितिमा लिङ्ग या शरीरको अधिक बोसोमै धसिएको स्थिति हुन्छ र बाहिरबाट लिङ्ग सानो देखिन्छ । यो स्वास्थ्यका दृष्टिले खासै गम्भीर मान्नुपर्ने स्थिति होइन, तै पनि पिसाब फेर्दा असजिलो हुने, अग्रचर्मको संक्रमण हुनेदेखि पिसाबको धारालाई आफूले चाहेको स्थानमा पार्न नसक्ने जस्ता समस्या सिर्जना हुन्छन् र लिंगको सरसफाइमा केही असजिलो हुन्छ, तर यो समयका साथ आफैं ठीक हुने भएकाले विशेष उपाचारको आवश्यकता पर्दैन ।

अर्का्तिर किशोरावस्थामै अत्यधिक मोटोपनको सिकार हुनुका आफ्नै समस्या हुन्छन् भन्ने कुरा समेत बिर्सनु हुँदैन ।
यस बाहेक अन्य केही स्थितिमा लिंग छोटो भएको हुन सक्छ । विशेष गरेर चोटपटक लाग्नु अनि एभथचयलष्भक मष्कभबकभ जसमा लिङ्गमा बाङ्गोपन पनि आउँछ कारण हुन सक्छ । पौढ व्यक्तिमा पौरुष ग्रन्थिको क्यान्सरको उपचारमा गरिने शल्यक्रियाले पनि लिङ्ग छोटो बनाउन सक्छ, तर तपाईंमा यी सबै हुने स्थिति नभएको कुरा तपाईंको प्रश्नबाटै बुझ्न सकिन्छ ।

समाधानका लागि के गर्नुपर्ला रु

समस्याको समाधानका लागि सर्वप्रथम त तपाईंको लिङ्ग वास्तवमै सानो हुँदै गएको हो कि होइन पक्का गर्नुपर्छ । मोटोपनका कारणले तपाईंलाई आफ्नो लिङ्ग सानो जस्तो लागेको पनि हुनसक्छ । यस्तो स्थितिमा अनावश्यक चिन्ताले फाइदा गर्दैन । त्यसबाहेक अन्य केही कारण हो कि होइन भनेर पत्ता लगाउन चिकित्सकीय परीक्षण गराउनु पर्छ ।

अन्त्यमा एउटा कुरा के भनौं भने तपाईंले पहिलेको जस्तो लिङ्ग उत्तेजना नभएको कुरालाई यहाँ मिसाउनु भएको त होइन रु यदि त्यसो हो भने लिङ्ग उत्तेजनाका आ–आफ्नै कारण र समाधान हुन्छन् । यस विषयमा केही जिज्ञासा छ भने प्रश्न पठाउन नबिर्सनु होला । डा। राजेन्द्र भद्रा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१