बाहिरी चक्रपथः साढे छ अर्ब लगानी आवश्यक, १ वर्षभित्रै ट्रयाक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७५, मंगलवार ०५:२३

काठमाडौँ । विगत १३ वर्षदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माणको काम औपचारिक रुपमा सुरु गर्नका लागि अझै केही समय कुर्नुपर्ने देखिएको छ ।

सबै तयारी पुरा भइसकेर पनि औपचारीक निर्माणको काम सुरु नभएको बेला अहिले बाहिरी चक्रपथ विस्तार आयोजनाको शिलन्यास तथा निर्माण कार्य अघि बढाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको समय आवश्यक हुँदा आयोजनाको काम अघि बढाउन थप केही समय अझै कुर्नुपर्ने देखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना एक सय दिने कार्यक्रम सार्वजनिक गर्ने समयमा आयोजनाको शिलन्यास तथा ट्रयाक नै खोल्ने कार्य अघि बढाउने गरी काम अघि बढाउने आयोजनाको तयारी छ ।

७२ किलोमिटरको बाहिरी चक्रपथ निर्माणको क्रममा आयोजनाले पहिलो चरणमा निर्माण गर्न लागेको चोभार–गम्चा–सतुंगलको ६।६ किलोमिटरको काम सम्पन्न गर्नका लागि करिब साढे छ अर्ब रुपैयाँ लाग्ने प्रारम्भीक अनुमान रहेको आयोजनाका आयोजना अधिकृत धुब्र सापकोटाले बताए ।

यो खण्डको काम अघि बढाउनका लागि तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० मन्त्रीपरिषद्को बैठकले यही बैशाख पहिलो साता नै स्वीकृत गरेको थियो । यस निर्णयसँगै अब बाहिरी चक्रपथ निर्माणको कामले गति लिने देखिएको छ ।

उनले पहिलो चरणमा निर्माण हुने चक्रपथ निर्माण र जग्गा विकासका लागि साढे छ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको बताए ।

१ वर्षभित्र ट्रयाक खोल्ने लक्ष्य

पहिलो चरणमा निर्माण हुने सो खण्ड ६।६ किलोमिटरको चोभार– गाम्चा– सतुंगलको ट्रयाक एक वर्षभित्रमा खोल्ने लक्ष्य आयोजनाले राखेको छ । आयोजनाले जग्गा प्राप्ती ऐन २०३४ अनुसार सरकारले त्यस क्षेत्रको जग्गा अधिग्रहण गरेर काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गतको आयोजनालाई हस्तान्तरण गरेपछि ट्रयाक खोल्ने काम अघि बढाउने भएको छ ।

बाहिरी चक्रपथ निर्माण गर्दा ५० मिटरको मात्रै सडक निर्माण हुनेछ । अन्य सडकको दायाँ–वाँया गरी २५०–२५० मिटर हुने आयोजनाले जानकारी दिएको छ ।

बाहिरी चक्रपथ निर्माणका लागि सरकारले गरेको प्रयास सफल भएमा अहिले विकास भएको अव्यवस्थित शहरीकरण रोकिने र जग्गा विकासको सदुपयोगबाट आगामी दिनमा विकास हुने सहरीकरण व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

तर, सरकारले अझै पनि जग्गा अधिग्रहणको काम भने गरेको छैन । जग्गा अधिग्रहण गर्दा सरकारले ट्रयाक खोल्दा भत्किएका घरको मात्रै मुआब्जा दिनेछ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१