प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०७५, सोमबार ०५:२२

जनकपुरधाम। मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको यहाँ सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले प्रदेश नं २ मा प्रदेशस्तरीय सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज स्थापनाको अपरिहार्यतामा जोड दिएको छ ।

महाधिवेशनले कार्यसमितिका भावी कार्य दिशाअन्तर्गत स्वास्थ्य सेवा ऐनलाई पुनःकार्यान्वयन, वर्तमान ऐन संशोधन, सबै स्वास्थयकर्मीलाई सम्मानजनक रूपमा पद व्यवस्थापन तथा जिम्मेवारी प्रदानका लागि पहल गर्ने निर्णय गरेको  पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रदेशस्तरीय छुट्टै स्वास्थ्य मन्त्रालयको माग गर्दै महाधिवेशनले स्वास्थ्यका सबै तह र निकायमा मधेशी, आदिवासी जनजाति, दलित, अपाङ्गता भएका, अल्पसंख्यक महिला तथा पिछडावर्गलाई समानुपातिक रूपमा प्रतिनिधित्व हुनुपर्ने आवश्यकता महाधिवेशनले ठहर गरेको छ ।

आयुर्वेद चिकित्सा पद्धतिलाई मौलिक चिकित्साका रूपमा प्रदेशलगायत स्थानीय तहसम्मको संरचनामा समावेश गराई सेवा प्रवाहको माग पनि महाधिवेशनले गरेको छ । महाधिवेशनले बालकिशोर यादवको अध्यक्षतामा ४८ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको जनाइएको छ ।

प्रतिक्रिया