शाहरुखको नक्कल गर्दै शिल्पा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०७५, सोमबार ०५:१८

बलिउडकी सबैभन्दा फिट अभिनेत्री शिल्पा शेट्टी केही दिनदेखि मालदिप्समा फ्यामेलीसहित विदामा छिन् । शिल्पा शेट्टी आफ्नो यो होलिडे डायरीबाट सामाजिक सञ्जालमा फोटो र भिडियो राखिरहेकी छिन् ।

शिल्पाले इन्टाग्राममा मालदीप्सको समुन्द्र किनाराको एक फोटो पोस्ट गरेकी छिन् । शिल्पाले यस तस्वीरमा शाहरुखको हात फैलाउने वाला हिट स्टाइल दिएकी छिन् ।

मालदिप्स विदा मनाउने निकै आकर्षक गन्तव्य हो । जहाँ बलिउडका हस्तीहरु विदा मनाउने, पारिवारिक छुट्टीमा जाने गरेका छन् । शिल्पाले राखेको अरु फोटोमा उनी माछा मारिहरको देखिएको छ । फिसिङको एक भिडियोसमेत उनले राखेकी छिन् ।

यो माछा मारेर खानका लागि भन्दा पनि रामाइलोका लागि गरिएको हो । माछा समातेपछि शिल्पाले यसलाई छोड्न भनिन् । जब माछा पानीबाट निकालियो तब फडफडाउन लाग्यो त उनी डराइन् ।

पछिल्लो दिन शिल्पा शेट्टी दादा साहेब फाल्के अवार्डमा फ्रजन स्टाइलमा देखिइएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१