शंखर पहाडी,गौरब ।
राष्ट्रिय अनलाईन पत्रकार संघ,सिन्धुली ।
भारतको उज्जैनबाट उत्तराखण्डको हिमाली क्षेत्रमा तपस्या गर्न आएका ‘सिन्धुल’ नामका राजाले तपस्या गरी सिद्धि प्राप्त गरेको ठाँउ भएकोले उनैको नाममा सिन्धुली नामकरण गरिएको विद्धवान गर्वहरु बताउछन ।
सिन्धुल राजाको तपस्या भुमि भएका कारण यस ठाउँको नाम सिन्धुली रहेको मान्न सकिन्छ । पछि देशमा जिल्ला विभाजन भएपछि तिनै राजाको नामबाट सिन्धुली जिल्ला भएको हो ।
सिन्धुलीगढीमा स्थापित सिद्धेश्वर देवालय सिन्धुल राजाले स्थापना गरेको मानिन्छ । संस्कृत भाषामा सुरुङमार्गलाई ‘सिन्दुर’ भनिने र सिन्धुली माँडीबाट सिन्धुली गढीतर्फ जान सुरुङ बनेकोले त्यसलाई ‘सिन्धुरी’ भनिएको र पछि त्योे शब्द अपभ्रंश भएर ‘सिन्धुली’ बनेको मानिन्छ ।
भूगोल ः
पुर्वि नेपालको ३ नम्बर प्रदेश जनकपुर अञ्चल सिन्धुली जिल्ला, जनकपुर अञ्चलको सबैभन्दा ठूलो जिल्ला हो । भने ३ नम्बर प्रदेशको दोस्रो ठूलो जिल्ला सिन्धुली भित्रि मधेशमा पर्छ । जसमा नेपालका अग्ला पाहाडहरुमा पर्ने अग्लो डाँडाँ मध्येको एक सिन्धुलीको ‘फिक्कल डाँडा’ हो ।
२ हजार ४ सय ९१ वर्ग किलोमिटर क्षेत्रफल भएको यस सिन्धुली जिल्ला विश्व मान चित्रमा २६ डिग्री ५५ मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री २२ मिनेट उत्तरी अक्षांश र ८५ डिग्री १५ मिनेट पूर्वी देशान्तर देखि ८६ डिग्री २५ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ ।
सिन्धुली जिल्ला समुन्द्री सतहबाट १ सय ६८ मिटर देखि २ हजार ७ सय ९७ मिटरको उचाई सम्म फैलिएको छ । सिन्धुली जिल्लामा ३ सय मिटर भन्दा होचो भू–भाग १३.७ प्रतिशत रहेको छ ,जसलाई मधेश पनि भनीन्छ । यो भू–भाग हाम्रो देशको अन्न भण्डारको रुपमा प्रसिद्ध छ ।
त्यसैगरी समुन्द्र सतहबाट ३ सय मिटर देखि २ हजार मिटर सम्मको भू–भाग सिन्धुली जिल्लामा ८५.८७ प्रतिशत रहेको छ । जुन क्षेत्रफल फलफुल तथा पशुपालनको लागि उपयुक्त रहेको छ । त्यसैगरी समुन्द्र सतहबाट २ हजार मिटर माथि उचाईमा सिन्धुली जिल्लाको भू–भाग ०.५ प्रतिशत मात्र रहेको छ । जसलाई महाभारतीय शृङ्खला पनि भनिन्छ ।
पूर्व उदयपुर र सिराहा,दक्षिण धनुषा, महोत्तरी, सर्लाही र रौतहट,पश्चिम मकवानपुर र काभ्रेपलाञ्चोक जिल्लाहरु द्धछन भने उत्तरमा—रामेछाप र ओखलढुङ्गा जिल्ला पर्दछन ।
२ लाख ९६ हजार १ सय ९२ जम्मा जनसङ्ख्या भएको सिन्धुली जिल्लामा १ लाख ४२ हजार १ सय २३ पुरुष छन भने १ लाख ५४ हजार ६९ महिलाहरु रहेका छन । २ निर्वाचन क्षेत्र भएको यस सिन्धुली जिल्लामा २ नगर पालीका र ७ गाउँ पालीका रहेका छन ।
नदीनालाः
भालु खोला,हाँडी खोला बाक्सु खोला,सुनकोसी, कमला, चँदाहा, मरिण,रोशी, बागमती, तावा, वदाह, अरुण ठाकुर, ककुर ठाकुर लगायतका नदीनालाहरु सिन्धुली जिल्लाभएर बार्हैमास बग्दछन । सिन्धुली जिल्लाकै प्रख्यात पञ्चकन्या पोखरी सिन्धुली जिल्लाको फिकल गाउँ पालीकामा पर्दछ ।
धार्मीक स्थाल ः
तिनपाटन गाउँ पालीकामा मधुगङ्गा र चँदाहा सिम्ले,माहादेव,गोलन्जोर गाउँ पालीकामा ल्यान्द्राङ सिन्धुलीको सुनकोसी गाउँ पालीकामा कुशेश्वर महादेव, कमलामाई नगरपालीकामा माईस्थान, कालिकामाई मन्दिर,सिन्धुलीगढी, हरिहरपुर गढी गाउँ पालीकामा हरिहरपुर गढी र सिद्धस्थान, सर्पे ढुङ्गा लगायतका धार्मीक तथा ऐतिहासीक स्थानहरु रहेका छन ।
बजारी क्षेत्र ः
सिन्धुलीको चकमके,दुधौली, भिमान, सिन्धुलीमाढी, खुर्कोट, झाँगााझोली, कपिलाकोट सिन्धुली जिल्लाको बजारी केन्द्रको रुपमा परिचित छन ।
सडक मार्ग ः
२ नम्बर प्रदेशको महोत्तरीबाट सिन्धुली तर्फ वि.पी राजमार्ग,१ नम्बर प्रदेशको ओखलढुङ्गाबाट मध्ये पाहाडी लोक मार्ग, धरान,चतरा,हेटौँडा निर्माणधिन सडक मार्ग बिचमा सिन्धुली सदरमुकामबाट चकमके, दुधौली नगरपालीका, मरीण जोड्ने हिउँदे सडक मार्ग लगायत साना ठुला तथा कच्ची सडकले जिल्लाका सबै गाउँ पालीकालाई जिल्ला सदरमुकामसंग जोडेको छ ।
नेपालको एकीकरण ईतिहास र सिन्धुलीः–
अङ्ग्रेज कम्पनी सरकारले गोर्खाली फौजसँग युद्ध गर्न टिप्राको लडाँइमा विजय प्राप्त गरेका वीरयोद्धा कप्तान किनलकको नेतृत्वमा २ हजार ४सय हिन्दुस्तानी र अङ्ग्रेज अफिसरका साथ अङ्ग्रेज फौज पटना तर्फ पठायो । उक्त फौज पटनाबाट दरभङ्गा हुदै नेपालको जनकपुरको बाटोअुदै सिन्धुलीको कमला नदीको किनारै–किनार सिन्धुलीगढीमा आइपुग्यो ।
अङ्ग्रेज फौज पटनाबाट हिँडेको खबर सुनेपछि पृथ्वीनारायण शाहले त्यसलाई रोक्न वीरभद्र उपाध्याय र वंश गुरुङको नेतृत्वमा ५सय गोर्खाली फौज सिन्धुली तर्फ पठाए । त्यसको केही समयपछि यिनले सिन्धुली गढीको रक्षार्थ वंशराज पाँडे र श्रीहर्ष पन्तको नेतृत्वमा ७ सय गोर्खाली फौजको अर्को टोली सिन्धुली पठाए ।
अङ्ग्रेज फौज सिन्धुलीगढीको पौवा गढीमा आएपछि गोर्खाली फौजले वि.सं. १८२४ असोज २४ गते सिन्धुलीगढीमा युद्ध भयो । जसमा गोर्खाली फौजले सिस्नो र अरिङ्गालको गोलोले अङ्ग्रेज फौजमाथी आक्रमण गरे । गोर्खालीको अप्रत्यासित आक्रमणबाट अत्तालिएर अङ्ग्रेज फौजको भागाभाग प¥यो । गुरिल्ला युद्धमा खप्पिस गोर्खाली सेनाबाट पाहाडी युद्धमा अभ्यस्त नभएका हिन्दुस्तानी अङ्ग्रेज फौजलाई ज्यान जोगाएर भाग्न निक्कै गाह्रो प¥यो । यस युद्धमा गोर्खाली फौजले शत्रुको ३ सय बन्दुक हात पारे । यस युद्धमा अङ्ग्रेज तर्फका १६ सय र गोर्खाली तर्फका ३ सय सैनिकको हताहत भए ।
प्रतिक्रिया