३३ किलो सुन तस्करीमा मुछिएका तीन प्रहरी निलम्बन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०७५, आईतवार ०४:५४

काठमाडौँ । साढे ३३ किलो सुन तस्करीमा मुछिएका तीन प्रहरी निलम्बनमा परेका छन् । छानबिन समितिमार्फत पक्राउ परेका एसपी विकास खनाल, डिएसपी सञ्जय राउत तथा सई बालकृष्ण सञ्जेल निलम्बनमा परेका हुन् ।

प्रहरी नियमावली अनुसार कर्तव्य ज्यान र सङ्गठित अपराधमा अनुसन्धान सुरु भएसँगै उनीहरू निलम्बनमा परेको हो । प्रहरी प्रवक्ता मनोज न्यौपानेले उनीहरू निलम्बित भएको पुष्टि गर्दै तीनै जनालाई कर्तव्य ज्यान तथा सङ्गठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

सुन तस्करी गिरोहका माफिया चुडामणि उप्रेती ९गोरे०का आपराधिक गतिविधमा प्रत्यक्ष संलग्न रहँदै आएका एसपी खनालविरूद्ध मोरङ प्रहरीले बिहीबार कर्तव्य ज्यान तथा सङ्गठित अपराध निवारण म्याद थप गरेको छ । मोरङ जिल्ला अदालतले बिहीबार एसपी खनाललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

यसै गरी अनुसन्धानको क्रममा बयान दिंदादिंदै भागको इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत डिएसपी सञ्जय राउत सञ्जयबहादुर राउत र सई बालकृष्ण सञ्जेललाई पनि ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । मकवानपुर प्रहरी प्रमुख रहेका एसपी खना मङ्गलवार अनुसन्धान समितिमा हाजिर भएका थिए । समितिले मंगलबारै करिब ६ घण्टाभन्दा बढी बयान लिएपछि पक्राउ गरेको थियो ।

राउत बिहीबार बिहान महानगरीय प्रहरी बृत सिंहदरबारको सम्पर्कमा आएका थिए । डिएसपी राउतलाई बयानको लागि गृह मन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । सई सञ्जेल भने महानगरीय अपराध अनुसन्धान महाशाखाका हुन् । जसले साढे ३३ किलो सुन प्रकरणको पहिले अनुसन्धान गरिरहेको थियो ।साढे ३३ किलो सुन सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ । प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको अनुसन्धान अहिले सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१