काबेरी पौडेल। यस्तो होला भन्ने त मैले पनि सोचेकी थिइन । विश्वस्त थिएँ, म पनि तिमी जस्तै छु । गल्ती सायद मेरै भयो । गल्ती भनुँ कि कर्तब्य, तर हामी अलग्गिनु पर्छ भन्ने चाँही लागेकै थिएन । म बाहुन कि छोरी, तिमी नेवारको छोरा । के भो त ? मान्छे हौँ हामी ।
यही यौटा भावनामा त हाम्रो सम्वन्ध कती सुमधुर थियो । फर्केर हेर्दा त यति धेरै वर्ष भएछ । त्यो कलेज, त्यो कलेजको बाक्केट बल खेल्ने मैदान अनि त्यो नियमित खाजा खाने चमेनागृह । यति मात्र कहाँ हो र ? कलेजमा बिताएका रमाईला क्षणहरु पनि छन् नी हामीसंग । कति छिटो बित्यो ? अहँ थाहा नै छैन मलाई त । हेर्दा हेदै जागिरे भैसके छौ ।
बिबिएस र बिजनेश ब्याङकिङ जता पनि राम्रो छ भन्दै बाबाले सम्झाएको कुरा अहिले पनि सम्झान्छु । भर्खर उच्च शिक्षा सक्दा । जम्मा आठ बर्ष अघि त हो । मैले वाणिज्य बैँकमा काम पाएको कुरा त थाहा पायौ होला । अँ साँच्ची राम्रो छ मेरो जागिर । राम्रो जागिर, राम्रो तलव खुशी नै छु । अरु के भन्न सक्छु र ! सम्झौता त दुवैले गरेका थियौँ । यति कुरा मनमा खेलाउँदा खेलाउँदै रातिको आठ बजिसकेछ । मनमा प्रश्न भने उत्तिकै ।
फेसबुक खोलेँ । तिम्रो अफलाईन मेसेज रहेछ । तिमीले प्रश्न गरेका थियौ । म उत्तर बिहिन थिएँ । किनकी म संग जवाफ नै थिएन । मेसेज सीन भएर पनि अनसिन भयो । पारिवारिक समस्या पनि त्यस्तो केही थिएन । मैले जे चाँहे आमा– बाबाले सवै पुरुयाईदिनु भयो । जन्मेदेखि अहिलेसम्म आफुलाई भन्दा बढी माया गरेर हुर्काउने बाबा आमाको मन कसरी मार्न सक्थे र ? मेरो परिवार तिम्रो जत्तिकै उदार हुन सकेन ।
त्यति मात्र हो । हुन त एक्काइसौे शताब्दिमा पनि जातको कुरामा पछि पर्नु भन्दै हिड्ने मै हुा । पुरा नहुने सपना मैले पनि देखे । तर मलाई पनि त के थाहा जति नै आधुनिक युगको ढोँग लगाए पनि समाजमा जातलाई लिएर ठुलो र सानोको सोचाई त अझै उस्तै रहेछ । जति जे भन अहँ यहा त केही पनि बदलिएको रहेनछ । अहँ मलाई राम्ररी याद छ, तिमीले भनेका कुराहरु । तिमी भन्ने गर्दथ्यौँ नि, म नेवार, तिमी बाहुन अन्तरजातिय बिवाह कति राम्रो हुन्छ ।
तिमीले भनेका याद छ मलाई । मलाई नेवारी वोल्न सीकाउने तिम्रो वाचा भुलेकी छैन मैले । मलाई थाहा थियो तिम्रो सोचाई । बिबिए सँगै बिजनेश सेक्टरमा अघि बढ्ने तिम्रो योजना । राम्रो सोच्यौ तिमीले । आखिर यसमा धेरै फाइदा पनि त छ ।
तिमीलाई असहज भए म सहज बनाइदिउला । मेरो परिवार एकदमै फलेक्जीबल छ । चिन्ता नगर राम्रो पढ । अझ म जस्तो राम्रो पढ्ने केटा विजनेस गर्ने, किन दिदैनन । तिम्रा बुबा –आमाले ? फिल्ड राम्रो छ, हाम्रो भविश्य पनि । तिमीले भनेका कुरा हुन यी । म राम्ररी सम्झन्छु, धेरै पटक सुनिसके । बिजनेश गर्दैछौ थाहा भयो । इन्द्रेनी क्याफेको बारेमा पनि थाहा भयो । मेरो क्याफेसंगै एक कप कफी सधै है । कफि मेरो बेस्ट हो । तिमीलाई पनि थाहा थियो । अव मिल्दैन थाहा छ ।
तर तिम्रो क्याफे हेर्न भने पक्कै आउँछु । छुटिनु रहस्यमय पनि थिएन । सवै कुरा तिमीलाई थाहा छ । बस म बाट गल्ति भयो । नबोल्नु पर्ने थियो । नभन्नुपर्ने थियो । भनिदिए तिमी नेवार हौ, म बाहुन की छोरी । तिम्रो चाल–चलन नै अर्कै छ, मेरो अर्के, हाम्रो भाषा पनि मिल्दैन । सँधै मन कसरी मिल्ला ? मलाई कसरी खुशी राख्छौ ? यो सम्वन्धको कुनै भविश्य नै छैन । तर तिमीलाई थाहा छ, यो सव म बोलेकै थिइनँ ।
मसंगै समाज बोल्दै थियो । मेरो त केबल बाहिरी रुप मात्र बोलेको थियो । फेरी म आमा बाबालाई पनि दोषी ठहरयाउन सक्दिन । यति कुरा त बुझ्छौ तिमी पनि । तिम्रो बाबाको मृत्यु पछि तिम्रो बुबा भनेपनि आमा भनेपनि तिम्रो आमा नै हो । थाहा छ मलाई । तिमीलाई पनि त थाहा छ, हाम्रो प्रेमको चर्चाको कुरा खाुल्नुका साथै परिवारले अस्वीकार गरेको कुरा ।
कति पटक यही कुरालाई दोहोर्याऊँ । हजुरआमाको निधन सँगै आमाको स्वास्थ्य अनि बाबालाई हटएटेक । त्यसमाथी सवैलाई बोझ बनेको हाम्रो प्रम । कसरी अगाडि बढन सक्थ्यौ हामी ? तिमीलाई छाडनुपर्ने कारण पनि मैले जात नै दोषि देखाएँ । थाहा छ, मलाई नभन्नु पर्ने कुरा भनेँ मैले । समाजको तितो सत्य बोलिदिएर । यसो भन्न हुन्थ्यो भलै । माफी चाहान्छु, तिम्रो चित्त दुखाएँ । यही समाजमा हुर्किँदा यस्तै भएछु म पनि ।
प्रेममा आत्महत्या गर्ने र मर्नेहरु थुप्रै हुन्छन । यहाँ अरुको खुशिमा सम्झौता गर्ने धेरै कम । खुशी त यही कुरामा छु कि तिमी धेरै अगाडि बढेछौ । अनि मैले पनि आफुलाई दोष्ीा देख्न छोडिसकेँ । किनकि मलाई पनि थाहा छ, म दोषि हैन । दोषि त समाज भैदियो । समयसंगै आगाडि नबढेको रथ भैदियो । बदल्न नसकेको सोचाई र परिस्थती भैदियो । धेरै त भन्नु केही छैन तिमीलाई । तिम्रो क्षेत्रमा धेरै सफलता मिलोस । संगै नभएपनि दुख छैन ।
सोचाइ मात्र बदल्न नसकेका हौँ । त्यतिमात्र हो । हामी हारेका त छैनौँ नि ? एक अर्काको ठाउँबाट सँधै अरुका लागि परिर्वतन ल्याउन त सक्छौ नि । अँ साँच्चि तिम्रो बिवाह हुदै रहेछ । मैले थाहा पाएँ । केसी रहेछ युजरनेम उसको । सवै भन्दा खुशी त यही कुरामा लागेको छ । म संगै भएको मान्छे कति अगाडि बढेछ । म पनि यही कोशिसमा छु । समाजमा रहेको जातभातको पछौटे चिन्तनको परिर्वतनको लागि ।धनि र गरिव विचको ठुलो खाडलको परिर्वतनका लागि । तिमीलाई मेरो तर्फबाट धरै-धेरै बधाइ र अग्रिम शुभकामना ।
लिकमार्ग, कलंकी, काठमाडौ ।
प्रतिक्रिया