यी हुन् कपाल बढाउनका लागि निकै उपयोगी २० उपायहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०७५, शनिबार ०५:२९

आजको समयमा हरेक व्यक्ति कपाल झर्ने समस्या प्रति चिन्ता दर्शाउने गर्दछन् । टुट्ने र झर्ने कपालप्रति मानिसहरूको यति सम्म डर बसेको छ कि जसका लागि उनीहरू महँगो र केमिकल युक्त हेयर ट्रीटमेन्ट लिन बाध्य भैरहेका छन् । यदि बाक्लो, लामो र मुलायम कपाल चाहनुहुन्छ भने घरेलू उपायमा विशेष ध्यान दिनुपर्दछ किनकी कपाललाई प्रयाप्त पोषण प्राप्त होस् र केमिकलको झन्झटबाट पनि छुट्कारा मिलोस् ।

कपाल बढाउने २० घरेलू उपाय :

(१)नरिवलको तेलमा कागतीको रस मिलाएर लगाउनुहोस् ।

(२)अण्डामा दुई चम्मच ओलिभ ओयल मिलाएर टाउकोमा मालिश गर्नुहोस् ।

(३)प्याजलाई पिसेर यसको दुई चम्मच रस निकाल्नुहोस् । यस रसले कपाललाई हल्का हातले मालिश गर्नुहोस् ।

(४)अमलाको मुरब्बा खानुहोस् । यदि तपाई चाहनुहुन्छ भने काँचो अमला पनि दिनहुँ खान सक्नुहुन्छ । अमलाको तेलले कपालमा मालिश गर्नुहोस् ।

(५)एलोभेराको सेवन गर्नाले कपाललाई पोषण मिल्छ र यसले कपाल बाक्लो र मुलायम बनाउन मद्दत गर्छ ।

(६)कपालमा वनस्पति तेलले मालिश गर्नुहोस् । यसले कपाल तीव्र गतीमा टुट्ने समस्यालाई कम गर्छ ।

(७)मेथीदानालाई रातभरी भिजाएर राख्नुहोस् र बिहान यसको पेस्ट बनाएर कपालमा लगाउनुहोस् र केही समय पश्चात कपाल धुनुहोस् ।

(८)नरिवलको दूधले कपाललाई पोषण प्रदान गर्छ । तपाई हप्तामा एक पटक नरिवलको दूधले कपाल मालिश गर्न सक्नुहुन्छ ।

(९)आलू भिटामिन ए, बी र सी को भण्डार हुन्छ । यसको रसलाई कपालमा आधा घण्टाको लागि लगाउनुहोस् र त्यसपछि धुनुहोस् ।

(१०)जैतुनको तेलले तीन दिनमा एक पटक राती कपाललाई मालिश गर्नुहोस् । यसबाट कपाललाई हरेक तरिकाले पोषण मिल्छ र कपाल लामो र मुलायम हुन्छ ।

(११)नरिवल र शीशमको तेलमा घन्टीफूल(hibiscus flower)को पेस्ट मिलाउनुहोस् र १५ मिनेटको लागि लगाएर टाउको धुनुहोस् ।

(१२)मेहेन्दीले पनि कपाललाई प्रयाप्त पोषण प्रदान गर्छ । सप्ताहमा एक दिन टाउकोमा मेहेन्दी लगाउनुहोस् । यसले कपाललाई कलरिंग दिनुको साथै मुलायम बनाउँछ ।

(१३)मेहेन्दीमा अण्डा र चियाको पातलाई पानीमा मिलाएर रातभरी कालो कढाईमा राख्नुहोस् र टाउकोमा लगाउनुहोस् ।

(१४)पाकेको नाशपतिलाई मिक्स गरी यसमा जैतुनको तेल र केरा मिलाउनुहोस् र टाउकोमा लेप लगाउनुहोस् । यसबाट टाउकोको त्वचालाई पोषण मिल्छ ।

(१५)मुलायम र कालो कपालको लागि शिकाकाई भिजाएर राख्नुहोस् र त्यसलाई कपालमा लगाउनुहोस् । कपाल कालो र बाक्लो हुन्छ ।

(१६)रिठा र अमलाले पनि कपाललाई पोषण प्रदान गर्छ । यसको पेस्ट बनाएर कपालमा लगाउनुहोस् ।

(१७)तिलको तेल कपालको लागि निकै उपयोगी हुन्छ । यसको तेलले मालिश गर्दा कपालको जरामा गर्नुहोस् । यसो गर्दा कपाल बाक्लो हुन्छ ।

(१८)तोरीको तेललाई गरम गरी यसमा नरिवलको तेल, तिलको तेल र वनस्पति तेल मिलाउनुहोस् र यस सुपर तेलले टाउको मालिश गर्नुहोस् । यो तेल कपालको लागि हरेक रूपले फाइदाजनक हुन्छ ।

(१९)नरिवलको तेलमा एलोभेरा जेल मिलाएर कपालको जरामा मालिश गर्नुहोस् । यसले कपाल लामो र बाक्लो बनाउँछ ।

(२०)वनस्पति तेलमा भिटामिन ई को केप्सूल तोडेर मिलाउनुहोस् र यसलाई टाउकोमा लगाउनुहोस् । यसले कपालको लागि आवश्यक पोषकको रूपमा काम गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१