महिलालाई किन बढी हुन्छ हिस्टेरिया, कस्तो स्वभावकालाई धेरै ? यस्तो छ उपचार विधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०७५, बिहीबार ०४:२०

एजेन्सी । हिस्टेरिया विभिन्न प्रकारका हुन्छन् । यो मानव स्वास्थ्यमा एक जटिलता बनेर आएको छ । हिस्टेरिया महिलालाई धेरै हुन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो ।

हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । हिस्टोरिया ग्रिक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो ।

दुई हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रिक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अङ्ग पाठेघरसँग सम्बन्धित ठानेकाले त्यति बेला हिस्टेरिया भन्ने नामकरण गरे ।

वर्षौंसम्म यो समस्यालाई यसै गरी हरियो । तर अनुसन्धानहरूले यो समस्याको यौनसँग कुनै सोझो सम्बन्ध नभएको तर तनावसँग सम्बन्धित भएको देखाए ।
किन हुन्छ हिस्टेरिया रु

– अनुसन्धानका अनुसार तनावका कारण हुन्छ ।
– तनावको प्रकार जस्तो पनि हुन सक्छ ।
– पढाइलेखाइको तनाव ।
– पारिवारिक तनाव ।
– नाता सम्बन्धको तनाव
– आर्थिक तथा सामाजिक तनाव
– प्रतिस्पर्धाको तनाव
– कामनापूर्ति नहँदाको तनाव
– इज्जत प्रतिष्ठाको तनाव आदि ।
– यौनसम्बन्धी समस्याहरूले तनाव
– सङ्कीर्ण समाजमा यौनसम्बन्धी समस्याको तनाव निकै हुने गर्छ ।
अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन भई आजकल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो । हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।
यस्ता छन् लक्षण रु

–हिस्टेरिया भयो भने बेहोस हुने ।
–अदृश्य शक्तिले छोप्ने ।
– हात खुट्टा झमझमाउने र लाटो हुने ।
–घाँटीमा डल्लो अड्केको महसुस हुने ।
– वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने ।
– छिटोछिटो सास चल्ने ।
–हातखुट्टा नचल्ने ।
–आवाज बन्द हुने ।
–आँखा नदेख्ने ।
–रुने, चिच्याउने, काम्ने ।
–उत्तेजित हुने ।
–कुटपिट गर्ने, कपडा च्यात्ने ।
–सम्झना शक्ति हराउने आदि ।
कतिपय बिरामीले आफूलाई देवीदेवताको रूप र अवतारसम्म पनि भन्ने गरेको पाइन्छ । हिस्टेरियाका लक्षणहरूलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । लक्षणहरू पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरूबीच फरक हुन सक्छन् ।
कारण

हिस्टेरियाका लक्षण देखिने व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौन असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्त्व दिएको देखिन्छ । यो बुझाइ गलत हो ।

हिस्टेरिया अनेक कारणहरूको उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणले साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ ।

साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरू सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरूले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् । मानसिक द्वन्द्वको कारण पत्ता लगाउन मनोविशेषज्ञले विभिन्न प्राविधिक उपायहरू पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरूले हुन सक्छ ।
महिलालाई किन बढी रु

– महिलाले पुरुषजस्तो मनका कुरा व्यक्त गर्न सक्दैनन् ।
– उनीहरूको मनमा पीडा गुम्सिएको हुन्छ ।
– जहाँ पीडा गुम्सिन्छ त्यहाँ समस्या बढी हुन्छ ।
– किशोरीमा बढी देखिनुमा उनीहरूमा आउने शारीरिक परिवर्तन पनि कारण हो ।
– किशोरीहरू परिवार र समाजबाट बढी नियन्त्रण हुनु ।
– महिलाले सहनुपर्छ, लजाउनुपर्छ, सेवा गर्नुपर्छ जस्ता सामाजिक मान्यता ।
– महिला बढी अन्तरमुखी बन्न बाध्य हुनु ।
– पढ्ने, जीवनसाथी रोज्ने र आफ्ना समस्याहरूलाई नडराइ, नलजाइ भन्न सक्ने वातावरण भएका देशहरूमा हिस्टेरियाको समस्या कम छ ।

उपचार
हिस्टेरिया पूर्णतया मनको खेल हो, अवचेतन मनको । यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरूद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरूप देखिएको मनको रोग हो । यो रोग म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो । यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसले संवेदनशील भएर बुझ्न खोज्नुपर्छ । तनावको पहिचान र उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो ।

यस रोगको अहिलेसम्म कुनै ट्याबलेट या इन्जेक्सन बनेको छैन । तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त हुन्छन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिन्छन् । निदानको लागि तनावको पहिचान आवश्यक छ । विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ । हिस्टेरियाको सर्वोत्तम उपचार माइन्ड९बडी मेडिसिन हो, साइकोथेरापी हो । मास साइकोथेरापी, फैमिली साइकोथेरापी, कोग्निटिव बिहेवियर थैरपी सीबीटी, इएफटी तथा योग, ध्यान, प्राणायामजस्ता यौगिक क्रियाहरूद्वारा नै हिस्टेरियाको उपचार गर्नुपर्दछ ।

प्रतिक्रिया