ब्रा, अर्थात भित्री बस्त्र । हामी के ठान्छौ भने, भित्री बस्त्र जस्तोसुकै भएपनि हुन्छ । अर्थात बस्त्र एवं लुगा भनेको देखाउनलाई हो । लाज ढाक्नलाई हो । जाडो(गर्मी छल्नलाई हो । हामीले यस्तै बुझेका छौं । त्यहीकारण बाहिरी लुगा खरिद गर्दा आफुलाई सुहाउँछ कि सुहाउँदैन भनेर जति ख्याल गरिन्छ, भित्री बस्त्र खरिद गर्दा त्यसमा ध्यान दिइदैन ।
पुरुषको तुलनामा महिलाहरु यसमा सचेत हुनुपर्छ । किनभने उनीहरुले ब्रा तथा पेन्टीको खरिद गरिरहँदा त्यसको गुणस्तर, आफ्नो शारीरिक बनौट जस्ता धेरै कुरामा ख्याल गर्नुपर्छ । यदि त्यसो गरिएन भने भित्री बस्त्रले स्वास्थ्यमा समेत प्रभाव पार्छ ।
हुन त महिलाहरु त्यसेपनि फेसनमा लालयित हुन्छन् । उनीहरु कस्तो पहिरन लगाउने भनेर घोत्लिन्छन् पनि । पुरुषको तुलनामा फेसनप्रति सचेत पनि हुन्छन् । तर, भित्री बस्त्र खासगरी ब्राको सन्दर्भमा भने उनीहरु बेपर्वाह देखिन्छन् । ब्रा भित्रबाट लगाइने भएकाले जस्तोसुकै भएपनि हुन्छ भन्ने मानसिकता पाइन्छ ।
८० प्रतिशतले गलत ब्रा
ब्रा कस्तो हुनुपर्छ रु ब्रा खरिद गर्दा के कुरामा ध्यान दिनुपर्छ रु ब्रासँग स्वास्थ्यको के सम्बन्ध छ रु यो मननिय कुरा हो ।
तर, यस्ता कुरामा महिलाहरु खास सचेत देखिदैनन् । एक सर्वेक्षणमा के देखिएको छ भने, ८० प्रतिशत महिला गलत साइजको ब्रा लगाइरहेका हुन्छन् ।
ब्रा बिभिन्न साइजको हुन्छ । आफुलाई कुन साइजको ब्रा फिट हुन्छ भन्ने कुरामा महिलाहरुले जानकारी राख्नैपर्छ । तर, यसलाई उनीहरुले गंभिरतापूर्वक लिदैनन् । सामान्य ठान्छन् र गलत साइजको ब्रा लगाउँछन् ।
किन गलत साइजको ब्रा लगाउँछन् रु
किन महिलाले गलत साइजको ब्रा लगाउँछन् रु उनीलाई यसबारे हेक्का नभएर हो रु कि भित्री बस्त्र भनेर परर्वाह नगरेका हुन् रु
खासमा आफ्नो ब्रेस्टको सही साइज थाहा नभएर यस्तो गल्ती हुनेगर्छ । साथै अक्सर महिला सस्तो मूल्यको ब्रा खरिद गर्न रुचाउँछन् । सस्तो ब्राको गुणस्तर र फिटिङ सही हुँदैन ।
महंगो ब्रा लगाउनैपर्छ रु
के तपाईलाई थाहा छ, आखिर ब्रा किन यति महंगो हुनेगर्छ रु के त्यसमा खर्च गर्न सही हो रु
निश्चयपनि भित्री बस्त्रको छनौट गर्दा त्यसको गुणस्तरमा ख्याल गर्नैपर्छ । धेरैजसो महिला त सस्तो ब्रा खरिद गर्न रुचाउँछद्धन् । जबकी भित्री बस्त्र गुणस्तरिय हुनैपर्छ । गुणस्तरिय भएपछि त्यो तुलनात्मक रुपम महंगो हुने नै भयो ।
सही आकारको भएन भने के हुन्छ रु
भित्री बस्त्र अर्थात ब्रा गुणस्तरिय हुनुपर्छ । उचित आकारको हुनुपर्छ । यस्तो ब्रा लगाउँदा कुनै असजिलो अनुभव हुनुहुँदैन । साथै त्यसले छालालाई असर पनि गर्नु हुँदैन । किनभने महिलाले निरन्तर १६ घण्टासम्म एउटै ब्रा लगाइरहेका हुन्छन् ।
यदि सही आकारको ब्रा भएन भने त्यो असजिलो मात्र हुँदैन, त्यसले ब्रेस्टको आकार एवं सेपमा समेत असर गर्छ ।
एक शोध अनुसार औसत महिलाले आफ्नो ब्रा एवं भित्री बस्त्रमा जिन्स, टप्स वा अन्य कपडाभन्दा धेरै कम खर्च गर्छन् । जबकी एउटा टिसर्ट महिलले जति समय लगाउँछन्, त्यो भन्दा बढी समय ब्रा लगाउँछन् । यस्तो अवस्थामा ब्रा सजिलो, छालामैत्री, टिकाउयुक्त हुन जरुरी छ ।
ब्राको सही आकार
तौल घटबढ, हर्मोनल परिवर्तन, गर्भावस्था जस्ता कारणले ब्राको साइजमा पनि फेरबदल आउन सक्छ । त्यसैले आफ्नो ब्रेस्टको साइजको नाप लिइरहनुपर्छ र त्यही अनुसार ब्रा खरिद गर्नुपर्छ ।
ब्रा खरिद गर्दा त्यो आफ्नो ब्रेस्टमा फिट हुन्छ हुँदैन भन्ने कुरालाई बढी ख्याल गर्नुपर्छ । धेरै कसिलो वा धेरै खुकुलो ब्रा लगाउने गल्ती नगरौं । साथै गुणस्तरहिन ब्रा पनि लगाउने चक्करमा नपरौं ।
कसिलो ब्रा लगाउँदा के हुन्छ रु
छरितो देखाउनका लागि कतिले कसिलो ब्रा लगाउँछन् । यसले रक्त प्रवाहमा बाधा पुर्याउँछ । छालामा दाग बस्ने संभावना पनि हुन्छ ।
खुकुलो ब्रा लगाउँदा के हुन्छ रु
धेरै खुकुलो ब्रा लगाउँदा आफ्नो सौन्दर्य खुल्दैन । साथै ब्रेस्टको सेप पनि बिग्रन्छ । त्यसैले सही आकारको ब्रा लगाउनुपर्छ ।
कसरी छनौट गर्ने त ब्रा रु
जहाँ ब्राको बेन्ड हुन्छ, कमरको माथि, त्यस हिस्सामा इन्ची टेप लपेटर साइज नापौं । धेरै कसेर नाप नलिनुहोस् । यदि तपाईको नाप पोइन्टमा आउँछ भने, कम भन्दा धेरै नम्बरको ब्रा लिनुपर्छ । जस्तो कि ३३ दशमलव ५ नाप आएमा ३४ साइजको ब्रा लगाउनुपर्छ । कप साइजका लागि ब्रेस्टको नाप इन्ची टेपले लिनुपर्छ ।
ब्रा ट्राइ गरेको बेला स्ट्रैप्स सही सही ढंगले आफ्नो काँधमा मिल्यो कि मिलेन ख्याल गर्नुपर्छ । धेरै कसिलो वा खुकुलो भयो भने राम्रो हुँदैन । आफ्नो ब्रेस्टको साइज अनुसार स्ट्रैप्सको चौडाई छनौट गरौं, स्ट्रैप्सको काम हो, तपाईको कप्सलाई सपोर्ट गर्ने ।
प्रतिक्रिया