नजन्मिँदै बि ए पास !!!

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ भाद्र २०७१, आईतवार १२:५६

मान्छेलाई स्नातक उत्तीर्ण गर्न कम्तिमा पनि २०-२१ वर्ष लाग्छ । तर भारतको बिहारमा भने केही शिक्षकहरुले आफु नजन्मँदै बि एड पास गरेको पाइएको छ । सुन्दै लाज लाग्ने । विद्यार्थीहरुलाई सही बाटो देखाउने गुरुहरुले कस्तो लाजमर्दो काम गरेका ? बिहारमा हालै सरकारी कोटामा नाम निकालेका केही स्थायी शिक्षकहरुले उनीहरु नजन्मँदै बि एड पास गरेको पाइएपछि त्यसले ठूलै चर्चा पायो । अदालतको आदेशपछि सरकारले परीक्षा लिएर स्थायी नियुक्त गरेका साढे ३४ हजार शिक्षकको शैक्षिक प्रमाणपत्र छानविनका क्रममा मध्ये ९५ जनाले पेश गरेको शैक्षिक प्रमाणपत्र लाजै लाग्ने गरि नक्कली पाइएको छ ।degree ती मध्ये केहीले २१ वर्ष नपुग्दै तथा केहीले आफ्नो जन्म नै नहुँदै स्नातक उत्तीर्ण गरेको नक्कली सर्टिफिकेट बनाएका रहेछन् । स्थायी नियुक्तिपछि मधेपूरा जिल्लाको एक विद्यालयमा पढाइरहेका शिवनारायण यादवले आफ्नो जन्म हुनुभन्दा ५ वर्ष अगाडि नै बि एड पास गरेको सर्टिफिकेट बनाएको पाइयो । उनको जन्मदर्ता र शैक्षिक प्रमाणपत्र भिडाउँदा यस्तो तथ्य पत्ता लाग्यो । त्यस्तै पूर्वी चम्पारनको विद्यालयमा पढाइरहेकी पि्रती कुमारीले पनि आफु जन्मिनुभन्दा ३ वर्ष अगाडि बि एड पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाएको खुलासा भएको छ । इन्दु कुमारी र एल बी सिंह नामका शिक्षक शिक्षिकाले त आफ्नो जन्म हुनुभन्दा ७ वर्ष अघि नै बि एड पास गरेको सर्टिफिकेट बनाएको रहेछन् । यसरी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको प्रमाणित भएकाहरुलाई बर्खास्त गरिएको बिहार प्राथमिक शिक्षा विभागका सह निर्देशक आर एस सिंहले बताए । अघिल्लो महिनामात्रै बिहारका शिक्षा मन्त्रीले सरकारी स्कुलमा जागिर खाएका १ हजार करार शिक्षकहरुको शैक्षिक योग्यता नक्कली रहेको बताएका थिए । इण्डो एसियन न्यूज सर्भिस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१