मुम्बई। बलिउडकी उन्दर अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको बिबाह भएको ११ वर्ष पूरा भइसकेको छ । दुबैको बिबाह बच्चन परिवारको बंगला ‘प्रतिक्षा’ मा सन् २००७ मा भव्यताका साथ सम्पन्न भएको थियो । हाल यी दुईको ६ वर्षको छोरी समेत रहेका छन् ।
अभिषेक हाल संयुक्त परिवारमै बस्दै आएका छन्तर पछिल्लो समय यो जोडीले मुम्बईको बान्द्रामा सर्नको लागि ५५०० स्क्वार फिट क्षेत्रफलमा फैलिएको सुविधासम्पन्न अपार्टमेन्ट किनेका थिए । उनीहरुले उक्त फ्ल्याट २१ करोड भारुमा किनेका हुन् । नपाएका कारण उनीहरु अपार्टमेन्टमा सिफ्ट हुन ढिलाई भइरहेको छ । जसका कारण अहिले यी जोडी जुहुस्थित ‘जलासा’ बंगलामा बसिरहेका छन् । ऐश्वर्या–अभिषेक बान्द्रस्थित नयाँ अपार्टमेन्टमा सोनम कपुरसमेत छिमेकी हुनेछिन् ।
सोनमले पनि सोहि ‘सिग्निया इसलेस’ मा नै ७ हजार स्वायरफिट क्षेत्रफल रहेको घर किनेकी छन् ।
ऐश्वर्या–अभिषेकको नयाँ फ्ल्याटको केहि इन्साइड तस्बिर
प्रतिक्रिया