टिचिङमा अस्पतालमा दुइवटा एमआरआई सञ्चालनमा आउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ बैशाख २०७५, बुधबार ०५:२१

काठमाडौं । टिचिङ अस्पताल महाराजगन्जमा दुई वटा एमआरआई सञ्चालनमा आउँदैछन्। नयाँ मेसिन थपिएपछि अस्पतालमा दुईवटा एमआरइ मेसिन सञ्चालनमा आउने छन्।

जेठको पहिलो साताभित्रै यो उपकरण प्रयोगमा आइसक्ने अस्पतालले जनाएको छ। टाउको, मस्तिष्क, हाडजोर्नी तथा ढाडभित्रको रोग पत्ता लगाउन एमआरआई मेसिनद्वारा जाँच्ने गरिन्छ। मेसिनले शरीरका विभिन्न भागका रोगहरुको सुक्ष्म फोटो खिच्न सक्छ। जापानी सहयोग नियोग जाइकाले अस्पताललाई अनुदान स्वरुप सो उपकरण दिन लागेको हो। पुरानो एमआरआई मेसिनले देनिक १५ देखि १८ जनाको एमआरआई हुन्थ्यो भने नयाँबाट त्यसको दोब्बरले सेवा पाउनेछन्। यो मेसिनले ढाड, मस्तिष्क, मासुभित्रका फरक ट्यिुमर, कलेजोलगायत अंगका रोगहरु पत्ता लगाउन मद्दत गर्दछ।

चिकित्सकका अनुसार अस्पतालमा दैनिक देशभरिबाट रेफरल बिरामी आउने तर उनीहरुको सबै रोग पत्ता लगाउन नसक्दा निजी अस्पतालमा पठाउनुपर्ने बाध्यता थियो। नयाँ एमआरआईले परीक्षण गर्दा बिरामीले कम शुल्कमै उपचार पाउनेछन्।
टिचिङ अस्पतालमै हाडजोर्नी वार्डमा ७५ वटा नयाँ शैड्ढया थपिँदैछ। बिरामीको चापअनुसार भर्ना गर्न नसकेकाले अस्पतालमै रहेका भवनमा शैड्ढया थप गरेको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक २१, २०८१