के पोर्नस्टारको जीवन मोजमस्ती र आनन्दमा बित्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७४, शुक्रबार ०५:१२

एजेन्सी । एकपटक बलिउड बादशाह शाहरुख खानले यदि आफू फिल्म अभिनेता नभएको भए पोर्नस्टार हुने बताएका थिए ।
उनले त्यो कुन मुडमा भनेका थिए त्यो स्पष्ट छैन । तर, सामान्यतः मानिसहरु पोर्नस्टारको जीवन मोजमस्ती र आनन्दमा बित्ने सोच्छन् । के सामान्य मानिसले सोचेको जस्तै हुन्छ त उनीहरुको जीवन ?

गएको वर्ष पोर्नस्टारको पोर्नस्टार रहेका कैरन लीले एकदमै दर्दनाक खुलासा गरेका थिए । कैरनको वास्तविक नाम एडम हो र उनी एक बच्चाको बुवा हुन् । उनी श्रीमती क्रिस्टीन प्राइस पनि एक पोर्न एक्ट्रेस नै हुन् । तर, श्रीमतीसँग आफ्नो वैवाहिक सम्बन्ध राम्रो नभएको उनले बताए ।
उनले पोर्न फिल्महरुको सुटिङको रुटिङ एकदमै भारी हुने बताए । उनले प्रत्येक दिन २ लाख ५८ हजार रुपैयाँ कमाउने बताए । यदि वर्षभरि काम गरेमा ९ करोड ६० लाखसम्म कमाउने बताएका थिए ।

कैरनले पोर्न फिल्मको शुटिङ लगातार तीन घण्टा गर्नुपर्ने बताए । सेटमा शुटिङको समयमा ३० जनाभन्दा धेरै मान्छे हुन्छन् र सबैको नजर कलाकारमाथि नै हुन्छ । सेटको माहोल यति दिगदारीपूर्ण र अस्तव्यस्त हुन्छ, त्यहाँ पोर्नस्टारहरुलाई उत्तेजित हुन एकदमै कठिन हुन्छ । उनले एकपटकको आफ्नो एकदमै नमीठो अनुभव बताएका छन् । उनलाई आफ्नो एउटा आउटडोर शुटिङमा पार्कको बरफबीच बसेर शुट गर्नु परेको थियो ।

कैरनले आफ्नो जीवन हरेक क्षण खतराबीच रहने बताए । एक व्यक्तिले आफ्ना धेरै सहकर्मीहरुसँग शारीरिक सम्बन्ध राख्नुपर्छ । यसो हुँदा यौन रोगहरुको अत्याधिक खतरा रहन्छ ।

हरेक दिन आफू सुरक्षित सम्बन्ध बनाउने प्रयास गर्ने उनी बताउँछन् । उनका अनुसार पोर्नस्टारले प्रत्येक १० देखि १४ दिनमा एचआइभी परिक्षण गर्नुपर्छ । बाँकी जीवन उनी आम रुपमा बिताउने बताउँछन् ।

पोर्नस्टारहरुको सामाजिक जीवन पनि त्यति नै कष्टकर रहेको उनले बताए । उनका अनुसार पोर्न फिल्म हेर्न आनन्द मान्ने मान्छेहरुले पनि भेट्दा राम्रो व्यवहार गर्दैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१