काठमाडौं। वैशाख ८ गते हुने शैक्षिक परामर्श संघ (इक्यान) को चुनावकोलागि अध्यक्ष पदमा विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्। बुधबार एक कार्यक्रम गरि उनले आफनो उम्मेदवारि घोषणा गरेका हुन्।
वैशाख ८ मा हुने इक्यानको १२ औं अधिवेशनले ७ औं अध्यक्ष चयन गर्ने छ। पाण्डे कोषाध्यक्ष र उपाध्यक्ष हुदै अध्यक्ष पदकोलागि चुनावी मैदानमा उत्रन्दै छन्। पाण्डेको समुहमा उपाध्यक्ष पदकोलागि देवीदास भट्टराई, खड्ग बहादुर ताम्लिङ लिम्बु र सपना राजभण्डारीले उम्मेदवारि घोषणा गरेका छन्। महासचिवमा शेषराज भट्टराई, सचिवमा श्याम बहादुर कँडेल(सोम) र दीपकराज भूषाल चुनावी प्रतिस्पर्धामा उत्रने तय भएको छ। कोषाध्यक्षमा गोविन्द अधिकारी, सहकोषाध्यक्षमा निरुपमा महर्जन चुनवाी मैदानमा उत्रने तयारिमा छन्।
यसैगरी सदस्यहरुमा प्रकाश श्रेष्ठा, पुष्पराज भट्टराई, कर्णबहादुर गुरुङ, यज्ञविलास पौड्याल, बालकृष्ण श्रेष्ठ (बिके) , महेश श्रेष्ठ, बासुदेब दाहाल, सुदन चौहान र शुष्मा आचार्य चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन्।
वैशाख ८ गते हुने इक्यानको निर्वाचनमा पदाधिकारीसहित १८ जना निर्वाचित हुनेछन्। जसमा पदाधिकारी ९ जना रहनेछन्। ९ जना सदस्यहरु रहनेछन्। इक्यानको विधान अनुसार निर्वाचित अध्यक्षले दुई सदस्य मनोनीत गर्ने व्यवस्था छ।
प्रतिक्रिया