कालो पोतोबाट जोगिने उपाय यस्ता छन् :

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७४, बिहीबार ०४:३९

काठमाडौं । अनुहार सुन्दर, आकर्षकै थियो उनको, तर केही महिनायता एक्कासि देखिएको कालो पोतोले त्यसलाई त्यही रूपमा रहन दिएको छैन। यसले उनलाई मानसिक समस्यामा पारेको छ, चिन्तित तुल्याएको छ।

गाला, आँखाको छेउछाउ देखिन थालेको कालो पोतो ९चाया० ले उनको आत्मविश्वाससमेत डगमगाइदिएको छ। उनले यसबाट छुटकारा पाउन केके गरिनन्रु चिकित्सकीय पुर्जाबिनै पाइने, कालो पोतो हटाउने दाबी गरिएका उत्पादनहरू सबैजसो दलिन्। तर, अनुहारले पहिलेको चमक पाउनुको साटो समस्या झन् बढ्यो। अहिले पनि बढ्दै गएको छ।

विशेषज्ञहरूका अनुसार, कालो पोतो बाहिरी उपचारले मात्रै जाँदैन। प्रभावित छाला मात्र नभएर समस्या उत्पन्न गर्ने अन्य कारकको उपचारसमेत आवश्यक हुन्छ। कहिलेकाहीँ कुनै उपचार नगरे पनि आफैँ हट्दैसमेत जान्छ। अनुहार आफैँ सफा हुँदै आउँछ।
‘हाम्रो मुलुकमा यो समस्या देखिनेहरूमध्ये करिब तीन चौथाइ महिला र एक चौथाइ पुरुष छन्,’ केन्द्रीय आयुर्वेद अस्पताल, नरदेवीका निर्देशक डा। रामदेव यादव भन्छन्, ‘यसमा अन्य छाला रोगमा जस्तो चिलाउने, पोल्ने, दुख्ने नगर्नाले सुरुसुरुमा त्यति वास्ता पनि हुँदैन।’

आयुर्वेदका अनुसार, पित्त बढेर रगत दूषित भई अनुहारमा कालो पोतो देखिन्छ। पेटको समस्या, हार्मोनको असन्तुलन, कस्मेटिकको अत्यधिक उपयोग, खानपिनमा असन्तुलन, अमिलो पदार्थको अत्यधिक उपयोगले समेत यस्तो हुन सक्छ। अनिद्राको सिकार भएकाहरूमा समेत यो समस्या देखिन सक्छ। यति मात्र नभएर, कसैकसैलाई सूर्यको प्रकाशको एलर्जीका कारण पनि कालो पोतो हुने गरेको छ। कालो पोतोले शारीरिक रूपमा असर नपारे पनि मानसिक रूपमा अति दुस्ख दिने गर्छ।

हाल वातावरणीय प्रदूषणका कारण समेत कालो पोतोको समस्या देखिने गरिएको उल्लेख गर्दै वरिष्ठ आयुर्वेदिक चिकित्सक डा। ऋषिराम कोइराला भन्छन्, ‘बजारमा पाइने विभिन्न क्रिमहरू जोखिमपूर्ण भएकोले सल्लाहबिना कालो पोतो हटाउन यस्ता उत्पादनको प्रयोग गर्नु हुँदैन। छँदाखाँदाको अनुहारलाई प्रयोगशाला बनाउने भूल गर्नु हुन्न।’

कुनै पनि वस्तु अनुहारमा लगाउनुभन्दा अघि विज्ञहरूको सल्लाह लिन बिर्सिनुहुन्न। अध्ययन अनुसन्धान र प्रयोगबाट सकारात्मक प्रमाणित भएका प्रक्रिया मात्र अंगिकार गर्नुपर्छ, कालो पोतो हटाउन।

कालो पोता नहोस् भन्नका लागि सन ब्लक प्रयोग गर्ने चलन पनि छ। तर, सन ब्लक उति नराम्रो नमानिए पनि यसले छालालाई पातलो बनाउँदै लान्छ। यसैले यसको बढी प्रयोग गर्नु छालाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुने डा। कोइराला औँल्याउँछन्।

‘खास गरी महिलाहरूलाई गर्भावस्था तथा प्रसूति अवस्थामा हार्मोनको असन्तुलनले प्रायस् महिलाहरूलाई कालो पोतो बढी हुन्छ,’ डा। यादव भन्छन्, ‘अचेल प्रायस् महिलाहरूले विभिन्न प्रकारका रसायनयुक्त कस्मेटिक उत्पादनहरूको प्रयोग गर्ने गर्छन्। तिनको अत्यधिक उपयोगले समेत कालो पोतो बढी देखिन थालेको हो।’

आयुर्वेदअन्तर्गत कालो पोतोको उपचार प्रक्रिया सुरु गर्दा एक महिनामा प्रभाव देखिन थाल्ने डा। यादव बताउँछन्।

यति मात्र नभई, आयुर्वेदअन्तर्गत पञ्चकर्मका माध्यमले फेसियल वासिङ गराउँदासमेत कालो पोतो आउने सम्भावना कम हुन्छ। आयुर्वेदमा कालो पोतोको उपचार भए पनि व्यक्तिपिच्छे यसको परिणाम फरक हुन सक्ने औँल्याउँदै डा। कोइराला भन्छन्, ‘मनोवैज्ञानिक तनाव कम गर्न विशेष प्रकारको मालिस, शिरोधारा, रगत शुद्घीकरणको प्रक्रिया, कलेजो स्वस्थ बनाउने प्रक्रिया आदि महत्त्वपूर्ण छ।’

सामान्य घरेलु शुद्घ तोरी, नरिवल, तिल लगायतका तेलले अनुहारमा हल्का मालिस गर्दा पनि कालो पोतो आउने सम्भावना कम हुन्छ। यसबाट भएकाहरूलाई समेत फाइदा मिल्छ।

हटाउन के गर्नेरु
कालो पोतो भएकाले घरमै जडिबुटीबाट औषधि बनाई अनुहारमा लगाउँदा फाइदा हुन्छ। छालाको विकृतिलाई बाहिरबाट हटाउने उपाय हो यो। यसअन्तर्गत लोध्र र मञ्जिष्ठा समान भाग तथा चन्दन एवं हरिद्रा एक चौथाई भाग मिलाई पाउडर बनाउनुपर्छ। डा। यादवका अनुसार, यो पाउडरलाई गुलाब जलमा मिसाएर पेस्ट बनाई अनुहारमा लगाउनुपर्छ। अनुहारमा कम्तीमा एक घन्टासम्म राखेपछि सफा पानीले धोए हुन्छ।

यस्तै, कालो पोतो रगत दूषित भएर हुने भएकाले आयुर्वेदले यसको उपचारमा रगत शुद्घीकरणलाई समेत विशेष महत्त्व दिन्छ। रगत शुद्घीकरणका लागि महामञ्जिष्ठारिष्ट १५ मिलिलिटरलाई १५ मिलिलिटर पानीमा मिसाएर बिहानबेलुका खाना खाएपछि खानुपर्ने डा। यादव बताउँछन्। रगत शुद्घीकरण र पित्तदोष दुवै शमन गर्नका लागि गन्धक रसायन पाँच सय मिलिग्राम, गिलोय सत्त्व पाँच सय मिलिग्राम, आरोग्यवर्धिनी वटी दुई सय पचास मिलिग्राम, लोध्र चूर्ण एक ग्रामको मिश्रण बनाई बिहानबेलुका खाना खानुअघि एकएक चम्चा मनतातो पानीसँग खानुपर्ने डा। यादवको सुझाव छ।
कालो पोतो हुनेहरू पेट सफा नहुने समस्याबाट आक्रान्त हुन्छन्। यसका लागि त्रिफला वा विरेचन चूर्ण नियमित रूपमा खानुपर्छ।

राति सुत्ने बेला मनतातो पानीसँग तीन ग्राम त्रिफला चूर्ण खानु लाभदायक हुन सक्ने उल्लेख गर्दै डा। यादव थप्छन्, ‘त्रिफलाले पेट सफा नभए विरेचण चूर्ण तीन ग्राम खान सकिन्छ। विरेचन चूर्ण त्रिफलाभन्दा अलि कडा हुन्छ।’ कालो पोतोको अर्को उपचारमा सेतो चन्दन र बेसार एक चौथाई भाग एवं मञ्जिष्ठा, खविर, लोध्र, दारु हरिद्रा समान भाग मिसाएर मसिनो पाउडर वनाउनुपर्छ। यो पाउडरलाई गुलाब जलमा मिसाएर बिहानबेलुका न्यूनतम दुई सातादेखि एक महिनासम्म लगाउनुपर्छ। डा। यादवका अनुसार, यो मिश्रण अनुहारमा लगाएर कम्तीमा आधार घन्टापछि मात्र अनुहार धुनुपर्छ। नारी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१