क्लिन काष्ठमण्डप अभियानका अभियन्ता केपी खनाललाई भयो एपेन्डिसाइटिस,सबै उपचार खर्च अस्पतालले व्यहोर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०७४, बुधबार ०५:५३

काठमाडौं।  क्लिन काष्ठमण्डप अभियानका अभियान्ता केपी खनाल बिरामी परेका छन् । केहि दिन अघिदेखि पेटको समस्या देखिएका खनाललाई एपेन्डिसाइटिस भएको र अपरेसन गर्नुपरेको ग्रीनसिटी अस्पतालले जनाएको छ । खनालका अपरेसन ,औषधि उपचार खर्च सबै अस्पतालले व्यहोर्ने अस्पातालका अध्यक्ष लोक बहादुर टन्डनले बताएका छन् ।

टन्डनले भने सानै उमेर देखी सामाजीक क्रियाकलापमा सक्रिय यी यूवाले भने विभिन्न माध्यमबाट जुटाई संकलन गरेको रकम कैलालीका गरिब बालबालीका देखी लिएर हुम्लाका भोको पेटलाई राहत भर्दै आएका यी कलीला यूवा अहिले भने राजधानीमा बसेर केहि गर्नु पर्छ भन्ने सोच राखी काठमाण्डौंमा तल्लीन भएका यी युवालाई सहयोग गर्न पाएकोमा खुसि छु ।

राजधानी काठमाण्डौ पुगेका यी यूवाले अहिले भने विभिन्न यूवालाई एकिकृत गर्दै क्लिन काष्ठमण्डप अभियान नै चलाएर सामाजीक कार्यमा सिक्रय भईरहेका छन् ।

के हो एपेन्डिसाइटिस?

एपेन्डिसाइटिस आकस्मिक रुपमा देखा पर्ने रोग हो। यो रोगले कुनै पनि बेला मानिसलाई च्याप्न सक्कछ, पेट दुखेर मरणासन्न भएको अवस्थामा समयमा मानिसले उपचार पाएन भने ज्यानै जान पनि सक्छ । शरिरमा भएको एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा एपेन्डिसाइटिस हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ ।

एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । सन् १८८६ मा रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएका हुन् ।

एपेन्डिक्सको आकार एउटा पाइपजस्तो हुन्छ। यसको ल्युमेन बिस्तारै विभिन्न कारणले बन्द हुन थाल्छ, र यो सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तमा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ ।
यस्तो अवस्थामा पनि एपेन्डिक्सलाई अपरेशन गरी ननिकालिएमा यो फुट्न जान्छ,जसको कारण संक्रमण रगतको माध्यमबाट सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्यु हुन्छ।

मासुको प्रयोग बढी गर्ने मानिसलाई एपेन्डिसाइटिस हुने सम्भावना बढी भएको चिकित्सहरुको भनाइ छ । वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना हुन्छ ।
यस रोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ । एकमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ । अर्कोमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ ।
एपेन्डिसाइटिसका लक्षणहरु निम्न हुन्छन् ।
१)नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
२) एक वा दुईपटक उल्टी हुन सक्छ ।
३) साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ ।
४ं) कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।
५) कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।

विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउन सकिन्छ। एपेन्डिसाइटिस पत्ता लगाउन अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन्।विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक २१, २०८१