यस्ता रहेछन् प्रेम र सम्भोगले स्वास्थ्यमा पुग्ने फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७४, आईतवार ०५:१५

जब कसैसँग प्रेम हुन्छ तब पेटमा काउकुती लाग्ने गर्दछ । साथै क्यालोरी पनि खर्च हुन्छ । हो, प्रेम प्रकट गर्ने अलग अलग तरिकाले तपाईलाई फिट पनि राख्न सक्छ ।

एउटा जमाना थियो जब हिन्दी चलचित्रका हिरो हिरोइन नजिकै आउँदा दुई वटा फूल देखाइने गर्दथ्यो । तर, अहिले त्यस्तो हुँदैन । चलचित्रको कुरा फरक हो, यदि वास्ताविक जीवनमा तपाई आफ्नो साथीलाई चम्बन गर्नु हुन्छ भने तपाईको सम्बन्ध थप गाढा हुने अध्ययनहरुले देखाएका छन् । यसबाट सम्बन्ध मात्र होइन, स्वास्थ्य पनि राम्रो हुने अध्ययनहरुको ठहर छ। यदि निकै जोशका साथ किस गर्ने हो भने एक घण्टामा ९० क्यालोरीसम्म खर्च हुने गर्दछ ।

इटलीका अध्ययनकर्ताहरुका अनुसार प्रेमको अन्तरंग पलमा जब एकअर्काको कपडा खोल्ने कोशिस गरिरहेका हुन्छन् तब आठदेखि दश क्यालोरी खर्च हुने गर्दछ । तर, यदि पुरुषले आफ्नो हात प्रयोग नगरी महिलाको अन्तःवस्त्र खोल्ने हो भने यस्तो अवस्थामा उसले ८० क्यालोरी खर्च गर्न सक्छ ।

स्वयमलाई तनावमुक्त गर्ने उत्तम तरिका हो मालिस । अध्ययनहरुका अनुसार जसले नियमित रुपमा मालिस गराउँछ, उनको मांसपेशीहरु पनि तन्दुरुस्त रहन्छ । यसबाट तनाव र डिप्रेसनमा पनि फाइदा पुग्ने गर्दछ । यसका साथै प्रेमको पलमा गरिने साथीको मसाजबाट ८० क्यालोरीसम्म खर्च गर्न सकिन्छ ।

सम्भोगका क्रममा रक्तप्रवाह तिब्र हुन्छ, जसबाट मुटुको धडकन बढ्छ । यसबाट शरीरमा रहेको बोसो पनि पग्लने गर्दछ, आमरुपमा आधा घण्टामा १४४ क्यालोरीसम्म । तर, यदि फरक फरक मुद्राहरु प्रयोग गर्नेहरु भने २०७ क्यालोरीसम्म जल्ने गर्दछ । यसका साथै सेक्सबाट अरु पनि धेरै फाइदा छ।

रोमान्टिक र एरोटिक नृत्य कुनै पनि खेलमा जस्तै शरीरमा असर हुन्छ । नाच्ने क्रममा तपाई आफ्नो साथीसँग फ्लर्ट पनि गर्न सक्नु हुन्छ । नृत्यको गति बढाउन सक्नु हुन्छ । अलग अलग प्रकारको मूभ ट्राई गर्न सक्नु हुन्छ । यसबाट शरीरमा एड्रिनेलिन हर्मोन निस्कने गर्दछ ।
यदि सम्भोगका क्रममा कपडा नखोल्ने हो भने झनै बढी क्यालोरी खर्च हुने गर्दछ । यस्तो यसकारण हुन्छ कि शरीरमा कपडाका कारण बढी ताप महशुस हुन्छ र बढी पसिना बग्ने गर्दछ । यो जिममा कसरत गर्नु सरह नै हुने गर्दछ । एजेन्सी

प्रतिक्रिया