मलेसियामा नेपालीको अस्पातल लदालादै ज्यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ भाद्र २०७१, आईतवार ०९:३६
प्रदिप राई/ , क्वालालम्पुर  । मलेसियामा रोजगारीको लागि आएका एक नेपाली श्रमिकको शुक्रवार विहान ज्यान गएको छ । रसुवा जिल्ला श्रमथली गाविस वडा न ६ चिलाउने गाउँका बीरवहादुर रुम्वाको शुक्रवार विहान करीव साढे ३ वजेतिर ज्यान गएको हो ।images
जोहोरको कुलाईजयामा रहेको युनाईटेड कम्पनीमा कार्यरत रुम्वाले विहीवार राती करीव १२-१ वजेसम्म घरपरिवारसँग कुराकानी गरी सुतेका थिए । राती करीव तीन वजेतिर हात खुट्टा चल्न छाडेपछि एक्कासि चिच्याएका थिए ।
सोहि कम्पनीमा कार्यरत उनका दाई लालकाजी रुम्वा उठेर भाईको हात खुटटा तन्काई दिई अस्पतालमा लैजादै गर्दा वाटैमा ज्यान गएको हो ।
हाल शवलाई पोस्टमार्टमको लागि स्थानिय कुलाईजया अस्पतालमा राखिएको भिम तामाङले जानकारी दिए । रुम्वा वैदेशिक रोजगारीका पाँच वर्षदेखि मलेसियामा रहेको भएपनि केहि महिना अगाडि मात्रै विदामा घर गई फर्किएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१