नुवाकोट पञ्चकन्याका दुई महिलाद्वारा आत्महत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७४, शनिबार ०६:२७

नुवाकोट । जिल्लाको पञ्चकन्या गाउँपालिका-३ का दुई स्थानीय महिलाले आत्महत्या गरेका छन् ।

शुक्रबार अपराह्न नजिकैको निगाले वनमा घाँस काट्न गएकी अन्दाजी ३५ वर्षीया मनिका थापा र २९ वर्षीया देवकी पराजुलीको विष सेवनबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक कृष्ण विष्टले जानकारी दिए । मृतक महिलाहरु छिमेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय विदुरबाट खटिएको मुचुल्का टोली राति साढे १० बजेसम्म पनि घटनास्थल पुगेको थिएन । टोली आइपुगेपछि मुचुल्का गरिने र शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम विदुर लगिने प्रनि विष्टले बताए । उनका अनुसार शव सुरक्षित गराएर अहिले मृतकहरुका माइती पक्ष र मुचुल्क टोलीको पर्खाइमा छ । घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय भेला भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१